११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

नेपाल कम्युनिष्ट पार्टी झापाको अध्यक्षमा चिन्तन पाठक


९ बैशाख २०७६, सोमबार  

0
Shares

20190422_064413
गाैरीगंज ९ , बैशाख / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) झापाको अध्यक्षमा चिन्तन पाठक चयन भएका छन् । आइतबार बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्लाको अध्यक्ष र सचिव टुंगो लगाएको हो । औपचारिक रुपमा भोली पार्टी स्थापनाको दिन ७७ जिल्लाका पदाधिकारी घोषणा गर्ने कार्यक्रम रहेको छ । नेकपा स्रोतका अनुसार झापामा तत्कालिन एमालेका अध्यक्ष चिन्तन पाठकलाई नै नेकपाको अध्यक्ष चयन गरिएको छ ।

पार्टी एकता भएको झण्डै एक वर्षपछि जिल्ला समितिको पदाधिकारी टुंगो लगाएको छ । तर, सूची हेर्न नपाएको भन्दै सचिवालयकै नेताहरुले असन्तुष्टि पोखेका छन् ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नयाँ मापदण्डमा सहमतिमा जुटाएसँगै सचिवालयले यो निर्णय गरेको हो । तर बैठकमा तत्कालिन एमाले र माओवादीले कुन कुन जिल्लाको कुन पद पाए र को चयन भए भन्ने जानकारी दिइएन ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  १२ : ५९ बजे