१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

उल्लासमय बनाेस् नव वर्ष -२०७६, सिरूवा पर्वले खुशीयाली छाओस्


३० चैत्र २०७५, शनिबार  

0
Shares

20190413_142121
समय परिवर्तनशील छ । एक पछि अर्को आउने, नयाँबाट पुरानो हुने विषय समयको नियति नै हो । यो नियतिबाट कोही पनि पन्छिन सक्दैन । नव वर्ष २०७६ साल पनि त्यहि नियति भित्र पर्दछ । बितेको वर्षबाट पाठ सिक्ने र नया“ वर्षमा त्यसलाई अझ उन्नत र प्रगतीशील बनाउने अवसरको रुपमा नयाँ वर्षलाई लिने गरिन्छ ।
देशले संघियतामा गईसकेकाे छ । नयाँ संविधानसंगै मुलुकले संघियताकाे अभ्यास चरणमा छ । नेपाली जनताले नयाँ संविधान पाएसंगै समान अधिकार, नयाँ अवसर र विकासका नयाँ आयमहरुको पनि अपेक्षा गरेका छन् । सरकार यसमा कतिको सफल भएकाे छ वा छैन त्यसको लेखाजोखा भविष्यमा हुने नै छ । मुलुक गम्भिर अवस्थाबाट गुज्रिरहेको छ । जताततै कालोबजारी, आर्थिक मन्दी, विकास निर्माणमा ढिलासुस्तीलगायतका यावत समस्याहरुले मुलुक गाजिएकाे छ । यी विषयहरुबाट पार पाउन सरकार चुकेको देखिन्छ । नविन सोच, दुरदर्शिता र जिम्मेवारीपुर्वक गहन गृहकार्यका साथ अगाडी बढे भने विद्यमान समस्याहरुलाई सजिलै समाधान गर्न वर्तमान सरकार सक्छ । यीनै विषयहरु नयाँ वर्षमा वर्तमान सरकारको पहिलो प्राथमिकतामा परोस् शुभकामना छ ।
हरेक नयाँ वर्षको आगमनसंगै तराईका आदिवासी समुदाय राजवंशी, ताजपुरिया, थारु, गँन्गाई, मेचे, माझीलगायतका जातीहरुलाई सिरुवा पर्वले छुने गर्दछ । तीन दिनसम्म हर्ष उल्लासका साथ मनाउने यो पर्व उनीहरुको सबैभन्दा ठुलो सांस्कृतिक एवं ऐतिहासिक पर्व हो । यस अवसरमा राज्यले यस वर्ष बैशाख २ गते सार्वजनिक विदा दिएकाे छ भने सिरूवा पर्वकाे अवसरमा झापा र माेरङ्गका कतिपय स्थानिय सरकारहरूले बैशाख ३ गते रङ्ग सिरूवाकाे अवसरमा स्थानिय विदा दिएकाे छ । याे राम्रो र सुखद पक्ष हाे तर विदा दिएर मात्र याे समुदायकाे उत्थान हुन्छ भने हाेईन । यो महान पर्वलाई राज्य तवरबाट संरक्षण र सम्बर्धन गर्नुपर्छ । यसलाई राष्ट्रिय पर्वकाे रूपमा सरकारले घाेषणा गरेर याे सिरूवा पर्वकाे जीवन र जगतसंगकाे सांस्कृतिक महत्वलाई दस्तावेजिकरण गरि संरक्षण र प्रबर्द्धन गर्ने नीति अबलम्बन गर्नु पर्दछ ।

अन्तमा, यस ऋतुमा बोट–विरुवाहरुमा पलाएका पालुवाहरुले सिरुवा पर्वको आभाष दिलाइरहेका छन् । यही आभाषलाई साकारोक्ति नयाँ साल २०७६ ले गर्नेछ भनेर हामी नेपाली आशावादी मात्र होइन, विश्वस्त पनि छौं । यति मात्र कहाँ हो र ? नेपाली सभ्यताको विविध सांस्कृतिक रंगहरुमध्ये रंगमय, उल्लासमय पर्व सिरुवा आजदेखि नयाँ वर्ष संगै हरेक नेपालीको घर आगनमा टेक्दैछ । रङ्ग, पानी र हिलो खेली तीन दिन सम्म मनाउने यो पर्वले सबै नेपालीमा हर्ष उल्लास छाओस्, उन्नति प्रगति हात लागोस् , सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दै कोचिला न्युज परिवार हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।

प्रकाशित मिति : ३० चैत्र २०७५, शनिबार  १० : ५७ बजे