४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

सिरूवा पर्वकाे अवसरमा सरकारले दियाे बैशाख २ गते सार्वजनिक विदा, स्थानिय सरकारले पनि ३ गते विदा


२९ चैत्र २०७५, शुक्रबार  

0
Shares

20190412_201451

गाैरीगंज २९, चैत/ सरकारले आगामी वैशाख २ गते परेको सिरुवा पर्वका लागि तराईका पाँच जिल्लामा सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा २०७६ साल बैशाख २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । त्यसैगरी गाैरादह नगरपालिकाले बैशाख ३ गते रङ्ग सिरूवाकाे अवसरमा स्थानिय विदा दिएकाे छ । नगरपालिकाका अध्यक्ष राेहित कुमार शाहले काेच आदिवासी तथा मधेशीहरूकाे महान पर्व सिरूवाकाे तेस्रो दिन रङ्ग सिरूवा सांस्कृतिक महत्व राखेकाे दिन भएकाे र त्यस दिनलाई भव्यरूपमा मनाउने भएकाेले नगरपालिकाले स्थानिय विदा दिएकाे बताए । त्यसैगरी
गाैरीगंज गाउँपालिकाले पनि बैसाख ३ गते रङ्ग सिरूवाकाे स्थानिय विदा दिने विषयमा वैठक बसेर विदा दिने गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए ।

बैशाख २ गतेकाे विदाबारे गृह मन्त्रालयले उक्त सूचना पाँच वटै जिल्ला प्रशासन कार्यालयमा पत्रचार गरिसकेको छ । सरकारले अघिल्लो बर्ष सिरुवा पर्वको बिदा कटौती गरेपछि आदिवासी समुदायले त्यसको विरोध गर्दै विदाको माग गरेका थिए ।

तराईमा बस्ने आदिवासी (राजवंशी, थारु, मेचे, उराव, किसान, धिमाल, ताजपुरिया, गनगाई र माझी) समुदायले सिरुवा पर्व मनाउने गर्दछन् । २०७६ साल बैशाख १ गतेदेखि तीन दिनसम्म यी समुदायले सिरुवा पर्व मनाउने गरेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  २ : ३४ बजे