६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

कोच समुदायहरु ‘साँस्कृतिक उत्सव सिरुवा पर्व’ को तयारीमा


२९ चैत्र २०७५, शुक्रबार  

0
Shares

20190412_152207

जीवनसिंह राजवंशी शिबगञ्ज २९, चैत/ झापाको शिवसताक्षी–६ शिवगञ्जमा बैशाख २ गते सिरुवा पर्व तथा वृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

वर्षको अन्त्य र नयाँ बर्षको स्वागतमा राजवंशी, ताजपुरीया लगायत कोच जातिका समुदायकाहरुले आफ्नो भाषा, सँस्कृती तथा भेष–भुषाको जर्गेना गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको हो । कोचिला गार्भुर फ्रन्ट शिवसताक्षी नगर कमिटीको आयोजनामा हुन लागेको कार्यक्रम गत वर्ष भन्दा यो बर्ष २०७६ मा ब्यवस्थित तवरले कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

शुक्रबार, शिबगञ्जमा आयोजित पत्रकार सम्मेलनमा परापुर्वकालदेखी कोच समुदायका मानिसहरुले मनाउदै आएको सिरुवा पर्व यस बर्ष बृहत ढंङ्गमा मनाइने जानकारी गराएको छ । पत्रकार भेटघाटमा विगतका वर्षहरुमा सामुहीक रुपमा सिरुवा पर्व तथा सँस्कृतीक कार्यक्रमको आयोजना गरी मनाउदै आएको र यस वर्ष पनि बिषेश रौनक्ताका साथ कार्यक्रमको आयोजना गर्ने कोचिला गार्भुर फ्रन्टका अध्यक्ष सुरेश राजवँशीले बताए ।

कार्यक्रममा कोच जातिका ढुल्की नाच, हुदुरधुरा नाच, विभिन्न कोच भाषाका गितहरुको नृत्य, कोच समुदायका पोषाक तथा गरगहनाहरुको प्रदर्शनि समेत गरीने समितीले जनाएको छ । कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको कोचिला गार्भुर फ्रन्ट शिवसताक्षी नगर कमिटीका उपाध्यक्ष बलराम ताजपुरीयाले बताए ।

सिरुवा पर्व विशेष गरी नेपालमा मात्र नभई भारत, चीन, थाईल्याण्ड, म्यान्मार, लाओस् लगायतका विभिन्न देशहरुमा केही फरक तरीकाले मनाईने गरीन्छ ।

यसरी मनाईन्छ सिरुवा पर्व

वर्षको अन्त्यसँगै नव वर्षको सुरुवातमा बैशाख १, २ र ३ गते गरी ३ दिन मनाईने गरीन्छ । कोच समुदायका मानिसहरुका लागी यो पर्वले निकै महत्व बोकेको छ ।

वर्षभरीको रिस, राग लाई पानिले पखालेर आपसमा पानि हालेर पहिलो दिन पानी सिरुवा, दोस्रो दिन आफ्नो कुलदेवी देवताहरुको पुजा गर्ने गरीन्छ र वर्षको एक दिन माटोसँग खेलेमा शरीरका रोगहरु नाश हुने मान्यता रहेकोले आपसमा हिलो लगाएर काद सिरुवा खेल्ने गरीन्छ ।

त्यस्तैं, सिरुवा पर्वको अन्तिम दिन नयाँ वर्षलाई हर्षाेउल्लास साथ रङ्गले खेलेर समापन गरीन्छ ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  ९ : ३६ बजे