७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

कोरियाली भाषा परीक्षाका लागि चैत १७ गतेसम्म आवेदन दर्ता गर्न सकिने


९ चैत्र २०७५, शनिबार  

0
Shares

20190323_091722
काठमाडौं ९,चैत / रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत आजदेखि पहिलो चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला भएको छ ।

भाषा परीक्षाका लागि आजदेखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिनेछ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन गर्न सक्नेछन् ।

त्यसैगरी फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, गणतन्त्र कोरियामा गई गैरकानुनी रुपमा बसोबास गरी कोरियाबाट फिर्ता नपठाइएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएका र कोरियामा ई–९ र ई–१० भिषामा दुई कार्यकाल वा पाँच वर्षभन्दा बढी नबसेका व्यक्तिले आवेदन गर्न सक्ने इपीएस कोरिया शाखाले जनाएको छ ।

परीक्षा आवेदन फारम इपीएस कोरिया शाखाको वेबसाइटबाट भर्न सकिनेछ । आवेदन फाराम दर्ता गर्दा नै परीक्षार्थीले आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नुपर्ने इपीएस शाखाले जनाएको छ ।

पोखरा केन्द्रको हकमा पहिलो आउने १२ हजार मात्रले आवेदन फाराम भर्न सक्ने बताइएको छ ।

कोरियाली भाषा परीक्षा आगामी जेठ २५ र २६ गते सञ्चालन हुनेछ ।

यसैबीच कोरिया सरकारले नेपालीलाई उपलब्ध गराउँदै आएको साबिकको कोटा यस पटकदेखि केही संख्यामा वृद्धि भएको छ । सन् २०२० का लागि कोरिया सरकारले १० हजार ५० कामदार लैजाने भएको छ । पछिल्लो वर्ष कोरिया सरकारले भाषा परीक्षामार्फत आठ हजार नेपालीलाई रोजगारीको अवसर उपलब्ध गराएको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०७५, शनिबार  ३ : ३३ बजे