१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

झापामा तराई हाेलीसंगै चैत ७ गते सार्वजनिक विदा, स्थानिय तहहरूमा अन्याेल कतै ७ गते त कतै दुबैदिन विदा


५ चैत्र २०७५, मंगलबार  

0
Shares

FB_IMG_1553009580762

गाैरीगंज ५, चैत / झापालाई तराईबाट अल्ग्याएर दिदै आएकाे सार्वजनिक विदाप्रति सर्वत्र आलाेचना हुन थालेपछि सरकारले झापामा चैत ७ गते विहिवार हाेली पर्वकाे सार्वजनिक बिदा दिने भएको छ ।
सरकारले झापासहित पहाडका ५८ जिल्लामा फागु पूर्णिममा अर्थात होली पर्वको सार्वजनिक बिदा चैत ६ गते बुधवार गरेको नेपाल राजपत्रमा उल्लेख छ। झापालाई तराईबाट अल्गाएर पहाडसँग दाजेर सार्वजनिक बिदा दिएपछि जिल्लामा होली पर्वको बिदामा विवाद देखिएको थियो।
जिल्लाको बिदाको बिषयमा सञ्चारमाध्यममा व्यापक समाचार प्रकाशन र सर्वत्र आलाेचना भएपछि अन्य तराईको जिल्लासरह झापामा चैत ७ गते बिहीबार सार्वजनिक बिदा दिएको हो। झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार बुधबार सरकारी कार्यालय खुल्ला रहने, बिहीबार कार्यालय बिदा हुने बताए। गृहले बिदाको निर्णय सच्याएको विषयमा प्रजिअ दाहालसमक्ष प्रश्न राख्दा उनले भने, ‘भोलि खुल्ला हो, पर्सि बन्द हो, अहिले त्यति नै बुझ्नुहोस।’

यता प्रशासन स्रोतका अनुसार झापाबासी बिहीवार होली मनाउने हुँदा गृहकै आदेशमा बुधबारको बिदा रद्ध गरी बिहीबार बिदा दिन प्रशासन कार्यालय झापालाई आदेश दिएको हो।

संघीय सरकारले गरेको सार्वजनिक बिदा उल्टाउन नसक्दा आन्तिरक निर्णय बमोजिम झापाका केही स्थानीय तहले दुई दिन नै होलीको बिदा दिएको छ। बुधबार खुल्ला होइन सार्वजनिक बिदा भन्नेमा झापाका १५ वटै स्थानीय सरकार जानकार छन्। तर, अन्तिम समयमा आएर झापा प्रशासनले सार्वजनिक बिदाको मिति परिर्वतन गर्दा स्थानीय तहमा भ्रम जस्ताको त्यस्तै छ। कतिपय स्थानीय तहले बुधवार विदा दिएको छ भने, कतिपयले बुधबार र बिहीबार दुवै दिन बिदा दिएको देखिन्छ।
स्थानीयको परम्परागत धार्मिक रीतिरिवाजअनुसार पहाडमा मनाउने भोलिपल्ट झापामा होली मनाउने चलनबमोजिम भद्रपुर नगरपालिका, गौरदाह नगरपालिका, कचनकवल गाउँपालिका, गौरीगञ्ज गाउँपालिकाले बिहीबार स्थानीय बिदा दिएको जनाइएको छ।

सो नगर तथा गाउँपालिकाले सूचना प्रकाशन गरेर स्थानीय विदा दिएको हो । गाैरीगंज गाउँपालिका प्रमुख बाबुराजा श्रेष्ठका अनुसार विहीवार स्थानीय तहले बिदा दिएको हो। 

यता बिर्तामोड नगरपालिका, मेचीनगर नगरपालिका, अर्जुनधारा नगरपालिका, शिवसताक्षी नगरपालिका, दमक नगरपालिका, बाह्रदशी गाउँपालिका, कमल गाउँपालिका, बुद्धशान्ति गाउँपालिका, सरकारको निर्णय बमोजिम बिदा दिएको छ। कनकाई नगरपालिका र झापा गाउँपालिकाले बिहीबार बिदा दिएको छ। चैत ७ गते फागु ढाेल पावनी अर्थात हाेली पर्व अवसरमा सार्वजनिक विदा दिनु पर्ने माग गर्दै राजवंशी समाज विकास समिति झापाले प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल मार्फत केपी शर्मा ओलीलाई साेमबार ज्ञापनपत्र बुझाएका थिए ।
२०७२ सम्म सरकारले झापालाई तराइसँग दाजेर सार्वजनिक बिदा दिइने गरेको थियो। पहाडी जिल्लासँग दाजेर सार्वजनिक बिदा दिन थालेपछि सरकारबाटै झापामा होली पर्वको रौनक ओझेलमा पर्न थालेको छ। गृह मन्त्रालयले २०७४ चैत १४ गते नेपाल राजपत्रमा प्रकाशित सार्वजनिक बिदाको सूचना बमोजिम चैत ६ गते बुधवार झापासहित पहाडका ५८ जिल्लामा सार्वजनिक बिदा दिइएको छ। 

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  ४ : ४७ बजे