१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

जेष्ठ नागरिकहरूकाे सक्रियतामा गाैरीगंजकाे राधा कृष्ण मन्दिरमा सरसफाई


२ चैत्र २०७५, शनिबार  

0
Shares

20190316_101326

गाैरीगंज २, चैत / जेष्ठ नागरिकहरूकाे सक्रियतामा गाैरीगंज गाउँपालिका वार्ड नं ६ स्थित राधा कृष्ण मन्दिरकाे हाताभित्र आज सरसफाई गरिएकाे छ ।

जेष्ठ नागरिक संघ गाैरीगंज वार्ड नं ६ काे आयाेजनामा भएकाे सरसफाई कार्यक्रममा जेष्ठ नागरिकहरूले उत्त मन्दिरकाे सरसफाई गरेका थिए । हुलाकी राजमार्गसंग जाेडिएकाे उत्त मन्दिर वि.सं. २०६३ साल जेठ ४ गते स्थानिय समाजसेवी खेम कुमारी श्रेष्ठले आफ्ना पत्ति स्वर्गीय भाईराजा श्रेष्ठकाे स्मृतिमा निर्माण गरिदिएकी हुन् । मन्दिर निर्माणका लागि स्थानिय समाजसेवि तथा धार्मिक व्यक्तित्व डिठ्ठा गणेश बहादुर श्रेष्ठले १० धुर जग्गा र १०८ थान पित्तलकाे दियाे दान दिएका थिए । यसैअवसरमा मन्दिर परिसरमा मन्दिर निर्माणकर्ता तथा समाजसेवि खेमकुमारी श्रेष्ठ, उनका छाेरा प्रतिष्ठित व्यवसायी सानुराजा श्रेष्ठले संयुक्तरूपमा गुलाव फुलकाे बिरुवा राेपेका थिए ।
मन्दिरकाे सरसफाईपछि मन्दिरमा दैनिक पुजाआजा गर्ने, किर्तनभजन गर्ने, सरसफाई गर्ने तथा अन्य धार्मिक क्रियाकलाप गर्ने जेष्ठ नागरिकहरूले प्रतिवद्वतासमेत जाहेर गरेका थिए ।
जेष्ठ नागरिक संघ गाैरीगंज वार्ड नं ६ का अध्यक्ष रामकृष्ण यादवकाे अध्यक्षतामा भएकाे कार्यक्रममा उपाध्यक्ष मैयादेवि थपलियाले स्वागत तथा कार्यक्रमकाे संचालन सचिव हरि भत्त संग्राैलाले गरेका थिए ।

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार  ४ : ३० बजे