१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बिप्लवको बन्द, देशभर जनजिवन प्रभावित


३० फाल्गुन २०७५, बिहिबार  

0
Shares

20190314_112301
गाैरीगंज ३०, फागुन / सरकारले आफनो पार्टीलाई प्रतिबन्ध लगाएपछि बिप्लव नेतृत्वको नेकपा माओवादीले बिहिबार आब्हान गरेको नेपाल बन्दको प्रभाव देशैभर देखिएको छ ।
बिहानै देखि सवारी आवागमन बन्द रहेको छ । अत्याबश्यक सवारी साधनबाहेक राजमार्गमा अन्य सवारी साधनहरु गुडेका छैनन । बिद्यालय बन्द गर्न बुधबार नै माओबादीले सबै बिद्यालयहरुमा पत्रचार गरिसकेको छ । बन्दका कारण लामो तथा छोटो दुरीका सवारीसाधनहरु नचल्दा यात्रुहरु बिचल्लीमा परेका छन ।

देशका बिभिन्न ठाँउमा माओबादी कार्यकर्ताहरुले शंकास्पद बस्तु राखेका छन । सरकारले भने बन्दबाट नडराउन सबैलाइृ आग्रह गरिसकेको छ । बिप्लवका नेता तथा कार्यकर्तामाथी सरकारले निगरानी समेत बढाएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहिबार  ५ : ३८ बजे