१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

ठेकिटोलमा १ करोड ४० लाखको सामुदायिक भवन बन्ने


२५ फाल्गुन २०७५, शनिबार  

0
Shares

20190308_163157
गाैरीगंज २५, फागुन / गौरीगञ्ज गाउँपालिका वडा नं ३ स्थित ठेकीटोल चोकमा शुक्रबार सामुदायिक भवनको वैधिक विधि अनुसार शिलान्यास गरिएको छ । ठेकीटोल चोकको शिबालय मन्दिर अगाडी रहेको करिब २ कट्ठा ५ धुर जग्गामा निर्माण हुने भएकाे हाे ।
भवनको शिलान्यास गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले गरेका थिए ।
गत बर्ष सो स्थानमा आयोजित सप्ताह महापुराणबाट संकलित १३ लाख रूपैयाँ र गाउँपालिकाले दिने अनुदान १ लाख रकमबाट निर्माण कार्य शुरू गरिने भवन निर्माण समितीका अध्यक्ष केदार ढुँगेलले बताए। भवन दुइ तल्ले बनाउने तल्लो तल्लामा ब्यापारिक बजार र माथिल्लाे तल्लामा सामुदायिक भवन राखिने जनाइएकाे छ । चार बर्ष भित्र बनाइ सक्ने लक्ष्य रहेको सो भवनको अनुमानित लागत १ करोड ४० लाख रहेको निर्माण समितिका अध्यक्ष ढुंगेलले बताए ।
शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ,उपाध्यक्ष दिपेन्द्र थापा, वडाध्यक्ष मखना महतो, नेकपाका बिध्यानन्द राजवंशी लगायत स्थानियहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमकाे स्वागत मनिका राईले गरेकी थिइन् भने सञ्चालन समितिका सचिव राजेन्द्र राईले गरेका थिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  २ : ५१ बजे