१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नारी दिवसमा राष्ट्रिय महिला सशक्तीकरण गाैरीगंजकाे श्रमदान


२४ फाल्गुन २०७५, शुक्रबार  

0
Shares

20190308_134801

गाैरीगंज २४, फागुन / १०९ औंं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकाे अवसरमा राष्ट्रिय महिला सशक्तीकरण गाैरीगंजले आज गरिब तथा एकल महिला कदमी देवी मुखियाकाे घर निर्माणमा
श्रमदान गरेका छन् ।
गाैरीगंज गाउँपालिका वार्ड नं ३ स्थित कदमी देवीकाे घर गाैरीगंज गाउँपालिका, सहारा नेपाल र ह्याविट्याट नेपालकाे संयुक्त लगानीमा निर्माण हुन लागेकाे घरमा उनीहरूले श्रमदान गरेका हुन् ।
राष्ट्रिय महिला सशक्तीकरण गाैरीगंजकी अध्यक्ष फुलबती राजवंशीकाे अगुवाईमा गएकाे टाेलीले विपन्न तथा एकल महिला कदमी देवी मुखियालाई खादा ओढाएर सम्मानसमेत गरेकाे थियाे । त्यसै अवसरमा गाैरीगंज गाउँपालिका वार्ड नं ३ काे संयाेजनमा वार्ड नं ३ का वडा सदस्यहरू, सशस्त्र प्रहरी वल गाैरीगंज र ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रहरीले पनि घर निर्माणमा श्रमदान गरेका थिए । वार्ड नं ३ का वार्ड अध्यक्ष मखना महताे, वार्ड सदस्य भवेश दास, सरिता शेर्पा, प्रहरी निरिक्षक दिपक खड्का, बस व्यवसायी संघका प्रतिनिधि उतम दासलगायतकाे सहभागिता थियाे ।
गाैरीगंज गाउँपालिका वार्ड नं ३ स्थित उत्त घर गाैरीया खाेलाकाे किनारमा १ लाख रूपैयाकाे लागतका निर्माण हुन लागेकाे हाे । कदमी देवी मुखियाकाे घर निर्माणमा जापानबाट आएका १२ जना विध्यार्थीहरूले विगत केही दिनदेखि श्रमदान गरिरहेका छन् ।

20190308_120653
कदमी देवी मुखिया
20190308_114910
सशस्त्र प्रहरीकाे श्रमदान
20190308_120734
वार्ड नं. ३ का अध्यक्ष मखना महताेकाे श्रमदान
93326e74bf9a6d2df5a7378a4b92893a.0

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ८ : ०२ बजे