७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

गाैरीगंजमा दाेस्राे ऐतिहासिक आध्यात्मिक सत्संगकाे तयारी अन्तिम चरणमा


२२ फाल्गुन २०७५, बुधबार  

0
Shares

20190306_134256
गाैरीगंज २२ , फागुन /
नेपाल सन्तमत सत्संग गाैरीगंजकाे आयाेजनामा ऐतिहासिक आध्यात्मिक सत्संग समारोहकाे तयारी अन्तिम चरणमा पुगेको छ । गाैरीगंज गाउँपालिका वार्ड नं ६ खजुरगाछीमा फागुन २७ र २८ गते भव्य सत्संग समारोहको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । समारोहमा प्रमुख आकर्षणको रुपमा आध्यात्मिक गुरु तथा मेहर्षि प्रधान आचार्य चतुरानन्द जी महाराज, पुज्यपाद स्वामी वेदानन्द जी महाराज र पुज्यपाद स्वामी याेगानन्द जी महाराज आउने आयाेजक समितिका अध्यक्ष श्यामसुन्दर राजवंशीले बताए ।

समारोहको प्रमुख आकर्षणहरुमा पण्डाल स्थल , आश्रम भवन र नेपाल सन्तमत सत्संग गाैरीगंजकाे भवन वेहुली झै सिंगारिएकाे छ । करिब ६ विघा क्षेत्रफलमा निर्माण भएको पण्डाल निकै आकर्षक देख्न सकिन्छ । झापाको गाैरीगंज गाउँ पालिका वार्ड नं ६ खजुरगाछीमा हुन गइरहेको भव्य सत्संग दाेस्राे ऐतिहासिक कार्यक्रम भएको आयाेजक समितिका सचिव बुधकरण राजवंशीले बताए । यसअघि यस्तैखालकाे भव्य सत्संग कार्यक्रम २०५२ सालमा भएकाे थियाे ।

२३ वर्ष पछि हुन लागेकाे याे दाेस्राे ऐतिहासिक सत्संगमा प्रधान आचार्य चतुरानन्द जी महाराजबाट आध्यात्मिक दार्शनिकहरुको समेत ज्ञान विज्ञान युक्त प्रवचन सुन्न सकिने जनाईएको उक्त कार्यक्रममा देशविदेशबाट सन्तमहात्मा र तथा भक्तजनको सहभागिता रहने वताईएको छ ।
कर्णप्रिय वाद्यवाधक तथा गायकबाट प्रस्तुत हुने भजन कीर्तनले समेत भक्तजनलाई आध्यात्मिक मनोरञ्जन प्रदान गरिने जनाईएको छ ।
सामाजिक सद्भाव, आत्मिक शान्ति र आध्यात्मिक चेतना अभिवृद्धिका लागि नेपाल सन्तमत सत्संग गाैरीगंजकाे आयाेजनामा हुन लागेकाे कार्यक्रममा धर्म र भगवानबारे रहेका विभिन्न मतको सार तत्वलाई दर्शाउँदै मानव धर्मले ईश्वरको साक्षात दर्शन गर्न सकिने याे दाेस्राे ऐतिहासिक भव्य सत्संग कार्यक्रम रहेकाे आयाेजक समितिका वरिष्ठ उपाध्यक्ष सर्वतलाल राजवंशीले बताए ।
दुई दिन सम्म चल्ने समारोहमा अतिथि सत्कारका लागी समितिले विभिन्न उपसमिति गठन गरेर कार्य सम्पादन गरिरहेको जानकारी गराईएको छ । अतिथिहरुको लागी सत्संग परिसरको करिव ६ विघा जमिनमा पाण्डाल स्थल, भाेजनालय स्थल, बजार स्थललाई व्यवस्थापनका लागि अलग अलग उपसिमिति निर्माण गरिएकाे छ । अतिथिहरुलाई भोजनको लागी सुविधा सम्पन्न भण्डाराको व्यवस्था समेत गरिएको आयोजकले जानकारी गराएको छ । आयोजक समितिका सचिव बुधकरण राजवंशीले भनें ‘भण्डारामा अतिथि तथा आमन्त्रित सम्पुर्णले भोजन प्रसाद ग्रहण गर्न सक्नु हुनेछ, सत्संग समारोह भरी अतिथिहरुको सत्कारमा हामीले विभिन्न उपसमितिहरु गठन गरेर भण्डारा (भोजनालय) व्यवस्थित गरेका छौँ’
समारोहमा आमन्त्रित भक्तजनको सुविधालाई ध्यानमा राख्दै ,
सल्लाहकार समिति, स्वास्थ्य समित, स्वयंसेवक समिति, सुरक्षा समितिलगायत शौचालयहरु निर्माण गरिएका छन् । शौचालयमा कुनै प्रकारको समस्या आउन नदिनको लागी र पानी तथा सरसफाईको पुर्ण व्यवस्थापनको लागी प्राविधिक सहितको विशेष टोली नै गठन गरिएको राजवंशीले बताए । सन्तमहात्मा र भक्तजनहरुको लागी अत्यावश्यक स्थानमा अस्थायी शौचालयहरु निर्माण भएका छन् ।
सत्संगको केन्द्र भाग अथार्त मुख्य पन्डाल निकै नै फाराकिलो र आकर्षक रहने वताईएको छ । प्रधान आचार्य मेहर्षि चतुरानन्द जी महाराजका दिव्य प्रवचनहरु लगायत सम्पुर्ण कार्यक्रमहरु यसै पण्डालबाट सञ्चालन गरिने छ । पञ्डाल व्यवस्थापनको लागी पण्डाल व्यवस्थापन उपसमितिले २ महिना अगाडी देखी कार्य सञ्चालन गरिरहेकाे छ ।
आमन्त्रित अतिथीहरुको स्वास्थ्य सुविधालाई विशेष ध्यान दिँदै आयाेजकले विशेष स्वास्थ्य उपसमितले सेवा प्रदान गर्ने जानकारी गराईएको छ ।
समारोहमा नेपाल तथा छिमेकी भारतका विभिन्न क्षेत्रबाट गरी १ सय बढी सन्तमहात्मा र २ लाखको हाराहारीमा भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको आयाेजक समितिका अध्यक्ष श्यामसुन्दर राजवंशीले वताए । नेपाल सन्तमत सत्संग गाैरीगंजलाई यहाँका स्थानिय समाजसेेेेवी तथा धार्मिक व्यक्तित्व साेनालाल दास राजवंशीले ६ विघा जग्गाा दान दिएका थिए । वि.सं. २०१९ सालमा निर्माण भएकाे सत्संग मन्दिरमा प्रत्येक दिन विहान र बेलुका प्रवचन, भजन, कृतन र पुजापाठ हुँदै आएकाे छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  १० : ३७ बजे