११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

विराट सत्संग पुर्वाञ्चलकै नमुना, २ लाख बढी अतिथिलाई सत्कार गरिने


२१ फाल्गुन २०७५, मंगलबार  

0
Shares

a3cf2bc32ade8677396c89ec915b8408.0

सान नेपाल
गाैरादह २१, फागुन/

राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चार माध्यामको ध्यान धुलावारीमा केन्द्रित, अतिथि आवस गृह तथा निशुल्क भोजनालय कार्यक्रम परिसरमै व्यवस्थापन गरियो । विराट सत्संग विश्वभरी प्रत्यक्ष रुपमा हेर्न सकिने ।

धुलावारी नेपाल मानव धर्म सेवा समितिले अन्तराष्ट्रिय स्तरको ऐतिहासिक आध्यात्मिक कार्यक्रम ‘विराट सत्संग समारोह’ आयोजनाको तयारी अन्तिम चरणमा पुगेको छ । मेची नगर ४ स्थित नन्दा नदीको किनारमा रहेको नव निर्मित आश्रम परिसरमा यही फाल्गुण २३ र २४ गते विराट सत्संग समारोहको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको हो । समारोह प्रमुख आकर्षणको रुपमा आध्यात्मिक गुरु श्री सतपाल महाराज आउने र सोही समयमा वहाँबाटै नवनिर्मित आश्रम श्रदेय आश्रमको उद्घाटन समेत गराईने वनाईएको छ । सतपाल महाराज विराटनगर हुँदै आउने र धुलावारी प्रस्थान गर्ने क्रममा इटहरी उपमहानगरपालिका स्थित बुढी गंगा नदीको तटमा रहेको कोशी अञ्चल आश्रम अवलोकन गर्ने कार्यक्रम तालिका रहेको छ । त्यस पस्चात मोरङ्को लेटाङमा भर्खरै निर्माण सम्पन्न भएको साखा आश्रमको उद्घाट कार्यक्रम रहेको समितिका केन्द्रिय सदस्य वसन्त भण्डारीले वताए । भण्डारीका अनुसार फाल्गुण २२ गते नै सतपाल महाराज धुलावारी आश्रम प्रस्थान गर्नु हुनेछ । आगामी फाल्गुण २३ र २४ गते दुई दिन नै वहाँको प्रवचन रहने आयोजक द्धारा जानकारी गराईएको छ ।
समारोहको प्रमुख आकर्षणहरुमा पण्डाल स्थल र आश्रम भवन रहेका छन् । नन्दा नदीको किनारमा भव्य र सुन्दर पण्डाल निर्माण गरिएको छ । करिव १.५ विघा क्षेत्रफलमा निर्माण भएको पण्डाल निकै आकर्षक देख्न सकिन्छ । झापाको धुलावारीमा हुन गइरहेको विराट सत्संग पुर्वाञ्चलकै पहिलो र ऐतिहासिक कार्यक्रम भएको समारोह स्थल अवलोकनकर्ताहरु वताउँछन् ।
सतपाल महाराज सहित दिव्य परिवार तथा अन्तराष्ट्रिय आध्यात्मिक दार्शनिकहरुको समेत ज्ञान विज्ञान युक्त प्रवचन सुन्न सकिने जनाईएको उक्त कार्यक्रममा देश विदेशका सञ्चार माध्यामको ध्यान आकर्षण भएको छ ।
नेपाल मानव धर्म सेवा समितिको आयोजनामा हुन गइरहेको कार्यक्रममा देशविदेशबाट सन्तमहात्मा र भक्तजनको सहभागिता रहने छ वताईएको छ ।
स्थानीय कला संस्कृतिको प्रवद्र्धनका लागि समारोहमा विभिन्न आध्यात्मिक, सांस्कृतिक कार्यक्रम र झाँकी समेत प्रस्तुत गरिने छ । कर्णप्रिय वाद्यवाधक तथा गायकबाट प्रस्तुत हुने भजन कीर्तनले समेत भक्तजनलाई आध्यात्मिक मनोरञ्जन प्रदान गरिने जनाईएको छ ।
सामाजिक सद्भाव, आत्मिक शान्ति र आध्यात्मिक चेतना अभिवृद्धिका लागि मानव धर्म सेवा समितिले हरेक वर्ष अन्तर्राष्ट्रिय स्तरको धार्मिक कार्यक्रम गर्ने गरेको छ । धर्म र भगवानबारे रहेका विभिन्न मतको सार तत्वलाई दर्शाउँदै मानव धर्मले ईश्वरको साक्षात दर्शन गर्न सकिने बाटो समेत बताउने गरेको छ । यसअघि काठमाडौं, चितवन, हेटौडा, नेपालगञ्ज, जनकपुर, महेन्द्रनगर लगायत क्षेत्रमा आध्यात्मिक कार्यक्रम भव्यताका साथ सम्पन्न भइसकेको छ ।
दुई दिन सम्म चल्ने समारोहमा अतिथि सत्कारका लागी समितिले विभिन्न उपसमिति गठन गरेर कार्य सम्पादन गरिरहेको जानकारी गराईएको छ । अतिथिहरुको लागी आश्रम परिसरको करिव १.५ विघा जमिनमा आवास गृह निर्माण गरिएको छ । आवास गृहमा नेपाल, भुटान त्यसैगरी सिक्किम, दार्जिलिङ्, आसाम लगायतका भक्तजनको सुविधालाई ध्यानमा राख्दै अलग अलग आवास केन्द्रहरु स्थापना गरिएको छ । अतिथिहरुलाई भोजनको लागी सुविधा सम्पन्न भण्डाराको व्यवस्था समेत गरिएको आयोजकले जानकारी गराएको छ । आयोजक समितिका सचिव इन्द्र प्रधानले भनें ‘भण्डारामा अतिथि तथा आमन्त्रित सम्पुर्णले भोजन प्रसाद ग्रहण गर्न सक्नु हुनेछ, सत्संग समारोह भरी अतिथिहरुको सत्कारमा हामीले विभिन्न उपसमितिहरु गठन गरेर भण्डारा (भोजनालय) व्यवस्थित गरेका छौँ’
समारोहमा आमन्त्रित भक्तजनको सुविधालाई ध्यानमा राख्दै करिव ४ सय वटा विशेष शौचालयहरु निर्माण गरिएका छन् । शौचालयमा कुनै प्रकारको समस्या आउन नदिनको लागी र पानी तथा सरसफाईको पुर्ण व्यवस्थापनको लागी प्राविधिक सहितको विशेष टोली नै गठन गरिएको प्रधान वताउँछन् । सन्तमहात्मा र भक्तजनहरुको लागी अत्यावश्यक स्थानमा अस्थायी शौचालयहरु निर्माण भएका हुन्, समारोह सम्पन्न भए पस्चात शौचालयमा प्रयोग भएका सवै जसो सामाग्रीहरु पुन प्रयोग गर्न सकिने गरी शौचालयहरु निर्माण गरिएको छ, प्रधानले वताए ।
विराट सत्संगको केन्द्र भाग अथार्त मुख्य पन्डाल निकै नै फारकिलो र आकर्षक रहने वताईएको छ । संस्थाका प्रणेता तथा सद्गुरु सतपाल जी महाराजका दिव्य प्रवचनहरु लगायत सम्पुर्ण कार्यक्रमहरु यसै पण्डालबाट सञ्चालन गरिने छ । पञ्डाल व्यवस्थापनको लागी पण्डाल व्यवस्थापन उपसमितिले २ महिना अगाडी देखी कार्य सञ्चालन गरिरहेको पाईएको छ । पण्डालमा आधुनिक प्रकारको सञ्चार टेक्नोली जडान गरिने छ । जसबाट विभिन्न सञ्चार माध्यामहरुबाट देश विदेशमा प्रत्यक्ष प्रसारणको लागी निकै सहज हुने वताईएको छ । स्तरिय सञ्चार सुविधाको लागी इन्टरनेट प्रोभाइडर कम्पनीबाट विशेष इन्टरनेट प्याकेज लिईएको छ, संस्थाका केन्द्रिय सञ्चार संयोजक शमसेर श्रेष्ठ बताउँछन् ।
समारोह अवधी भर यातायातको चापलाई ध्यानमा राख्दै विशेष ट्राफिक व्यवस्थापनको जिम्मेवारी प्रदान गरिएको छ । यातायातलाइ व्यवस्थित र प्रभावकारी वनाउनको लागी विभिन्न समिति गठन गरेर जीम्मेवारी वाडफाड गरिएको वताईएको छ ।
यसै गरी शुरक्षा व्यवस्थापनको जीम्मेवारी संस्थाको शुरक्षा संयन्त्र ‘सेवादल’ ले लिने वताइएको छ ।
आमन्त्रित अतिथीहरुको स्वास्थ्य सुविधालाई विशेष ध्यान दिँदै संस्थाले उच्च स्तरिय विशेष स्वास्थ्य सेवा प्रदान गर्ने जाकारी गराईएको छ । स्वास्थ्य सेवाको लागी स्थानिय अस्पताल तथा स्वास्थ्य केन्द्रहरु संग समन्वय गरिएको छ । समारोह अवधीभर निशुल्क स्वास्थ्य जाँच र औषधीको व्यवस्था गरिएको स्वास्थ्य संयोजकले जानकारी गराएका छन् ।
समारोहमा नेपाल तथा छिमेकी भारतका विभिन्न क्षेत्रबाट गरी १ सय बढी सन्तमहात्मा र १ लाखको हाराहारीमा भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको संस्थाका केन्द्रिय अध्यक्ष ठाकुर पौडेलले वताए । झापा जिल्लाको प्रतिष्ठा र पर्यटन प्रवद्र्धनसँग समेत जोडिएको अन्तर्राष्ट्रिय स्तरको आध्यात्मिक कार्यक्रम सफल पार्न सबै क्षेत्रबाट सहयोग प्राप्त हुने आशा लिएको पौडेलले जानकारी गराए ।
समारोह अवधीभर खानाको व्यवस्थापनदेखि आकस्मिक स्वास्थ्य उपचारको व्यवस्था स्वयंसेवक दलले गरेको तथा व्यवस्थापनका लागि समितिको केन्द्रीय समिति, स्वयंसेवक दल, भक्तजनहरू सक्रिय रहेको र स्थानिय संघ संस्था संग समन्वय गरेर कार्यक्रम अगाडी बढाईएको पौडेलले वताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ३ : ०७ बजे