११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

ताप्लेजुङ्गकाे फुङ्गलिङ १० तारेभिरमा हेलिकाेप्टर दुर्घटना , मन्त्री सहित ७ जनाकाे मृत्यु


१५ फाल्गुन २०७५, बुधबार  

0
Shares

20190227_160349

गाैरीगंज १५ , फागुन / एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको निधन भएको छ । ताप्लेजुङ्गकाे फुङ्गलिङ १० स्थित तारेभिरमा हेलिकाेप्टर दुर्घटना भएकाे हाे ।

तेह्रथुमको आठराईमा विमानस्थलको सम्भाव्यता अध्ययन गरि ताप्लेजुङस्थित पाथिभरा दर्शन गरेर फर्किँदै गरेकाे मन्त्री अधिकारी सवार हेलिकप्टर दुर्घटनामा परेको हो । ताप्लेजुङमा दुर्घटनाग्रस्त हेलिकप्टरमा सवार ७ जनाकै मृत्यु भएको प्नदेश प्रहरी कार्यालय विराटनगरलेे जनाएकाे छ ।

उक्त हेलिकप्टरमा पर्यटन मन्त्री अधिकारी सहित यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार थिए । सदरमुकाम फुङलिङ बजारबाट उक्त स्थान करीब ३ घण्टाको दूरीमा रहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  १० : २० बजे