१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज गाउँपालिकामा किटनाशक झुल वितरण हुँदै


१० फाल्गुन २०७५, शुक्रबार  

0
Shares

20190222_081142

गाैरीगंज १०, फागुन / गाैरीगंज गाउँपालिका वार्ड नं ६ मा किटनाशक युत्त झुल आज वितरण हुदैछ ।
गाउँपालिकाकाे वार्ड नं ६ क्षेत्रमा औलाे राेगकाे प्रकाेप देखापरेकाेले स्वास्थ्य सेवा विभाग अन्तर्गत ईपिडिमियाेलाेजी तथा राेग नियन्त्रण महाशाखा टेकु काठमाडाैंले लाइफलाइन संस्था मार्फत ४३ सय झुल निशुल्कमा वितरण गर्न लागेकाे हाे । किटनाशक झुल दातृसंस्था सेफ द चिल्ड्रेनले सरकारलाई सहयाेग गरेकाे हाे । गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले जेष्ठ नागरिकलाई झुल वितरण गरेर कार्यक्रमकाे उद्घाटन गरेका थिए ।
गएकाे ३ वर्षमा यस क्षेत्रमा अध्ययन गर्दा प्लाज्माेडियम, भाईभेक्स, फ्लेसिपारम, ओभली नामक परजीवी (औलाै राेग सार्ने परजीवी) देखापरेकाेले सरकारले झुल वितरण गर्न लागेकाे हाे । राष्ट्रियस्तरबाट वैज्ञानिक आधारमा अध्ययन गरि याे क्षेत्रमा औलाे राेगकाे प्रकाेप देखापरेकाेले
प्रदेश नं १ भरिमा पहलाे पटक सरकारले झुल वितरण गर्न लागेकाे स्वास्थ्य अधिकृत उत्तम काेईरालाले बताए ।
झुल वितरणका लागि वार्डवासीकाे घरघरमा पुगी दुई जना स्वयंसेवकले तथ्यांक लिने कार्य गरिरहेका छन् ।
समुदायकाे घरघरमा पुगि परिवार सदस्यकाे आधारमा सबैघर परिवारलाई र पहिलाे पटक स्वास्थ संस्थामा जाँच गर्ने गर्भवती महिलालाई झुल उपलब्ध गराउने स्वास्थ अधिकृत काेईरालाले बताए । वार्ड नं ६ का अध्यक्ष बद्रीनारायण यादवकाे अधयक्षतामा भएकाे कार्यक्रममा कार्यपालिका सदस्य राधाअधिकारी , सदस्य उदिमकुमार राई, मुकेश साह, रमकुमारी विक, लक्ष्मी पाठकलगायतकाे उपस्थिति थियाे भने कार्यक्रमकाे सञ्चालन लाईफ लाईनका फिल्ड अफिसर दुर्गा भण्डारीले गरेका थिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ३ : ३८ बजे