१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

‘धुर्मुस’को घरमा महापुराण, परिवार सहित झापा आए


६ फाल्गुन २०७५, सोमबार  

0
Shares

20190218_200536
गाैरादह ६, फागुन / चर्चित टेलिशृङ्खला मेरिबास्सैका हास्यकलाकार सिताराम कट्टेल ( धुर्मुस) हिजोआज आफ्नो जन्मथलो झापा जिल्ला स्थित गौरादहको आफ्नै घरमा केही दिनदेखि ब्यस्त देखिन्छ्न । पछिल्लो समय सामाजिक कार्यमा ब्यस्त उनी देश बिदेशका विभिन्न कार्यक्रममा सहभागी भएर हाल झापा गौरादह आफ्नै घरमा लागेको सप्ताह महापुराणमा सरिक हुन परिवारसहित उपस्थित भएका छन् ।

महापुराणमा उनको साथमा उनकी श्रीमती कलाकार कुन्जना घिमिरे छोरी सुबिहानी र भाइ कुमार कट्टेल लगायत भद्र्गोल टेलिशृंखलाका अधिकांश कलाकार पनि सहभागि भएका थिए । नितान्त पारिवारिक रुपमा आयोजना गरिएको उक्त महापुराणको पारिबारिक निम्तोलाई स्विकार गरि उपस्थित कलाकारहरुले गौरादहबासीहरुलाइ आफ्ना केहि प्रस्तुती पस्किएर पुराणमा अझ रोमान्चक बनाउदै मनिरन्जन प्रदान गरेका थिए ।

महापुराणको अन्तिम रात्रीकालिन कार्यक्रममा आफ्ना केही बिचारहरु राख्दै धुर्मुसले पुराणमा सहभागी हुने सम्पुर्ण महानुभाबहरुलाई धन्यबाद दिदै उक्त पुराण आफ्ना दिगम्बत हजुरबुबा जो ओछ्यानमा सुतिरहेको अवस्थामा सर्पले बेरिएर मृत अवस्थामा भेटिएको सम्झना गराउदै आफ्नी हजुरआमा, बुबा, आमा र सम्पुर्ण परिबारजनको धेरै बर्ष अघिदेखिको चाहाना अनुरुप पुराणको आयोजना गरिएको बताए ।

उनले गौरादहको समाज बास्तबमै एकदमै मिलेको समाज भएकोले आफ्नो यहि समाज र परिवारको प्रेरणाले कलाकारिता संगसँगै सामाजिक कार्यमा लाग्न हौसला मिलेको बताए । गौरादह बासिहरुको साथ सल्लाह र सुझावले आफू यहासम्म आइपुग्न सफल भएको बताउदै उनले आज आफू जहासुकै जादापनि गौरादहको नाम लिन पाएको सुनाए।

पुराणको धार्मिक प्रसङ्गमा “निरन्तर मानवीय धर्म निर्बाह गर्ने उद्देश्यले संसारमा सबैभन्दा खुसी त्यहानीर मिल्दोरहेछ ,जब अरुको सेवा गरिरहदा जुन खुसी प्राप्त हुन्छ ,त्यो भन्दा ठूलो खुसी अर्को हुदोरहेनछ । बाचुन्जेल जसले नराम्रो कार्य गर्दछ, त्यसले यहि दुःख भोग्नु पर्दछ । राम्रो कार्य गरे स्वर्ग यहि मिल्ने र नराम्रो कार्य गरे यहि नर्क भोग्नु पर्दछ’ उनले भने ।

कट्टेल भन्छन्, ‘समाजले सिकाएको पाठनै ठूलो शिक्षा रहेछ, आफ्नो परिवार र समाजले सिकाएको पाठबाटनै आफुले देशबिदेशमा आफ्नो ठाउँ परिचित गराउन पाएकोले आफु आज संसारकै एक भाग्यमानी छोरो भएको महसुस गर्न पाएको छु।’ आज हामी जे जति गतिबिधिमा छौ त्यो सबै भगवानको निर्देशनमा भएको हो , त्यही निर्देशनलाई स्विकार गर्दै आफुपनि अगाडि बडेको छु , हास्य टेलिशृंखला मेरिबास्सैमा विभिन्न भुमिकामा रहि रहदा आम दर्शक स्रोताले आफ्नो अभिनयलाइ माया गरिदिनु भएकोले आफू यहाँसम्म आइपुग्न सफल भएको उनी बताउछ्न ।

आफुलाई सम्पुर्ण शिक्षा नितान्त रुपमा यहि गौरादहले सिकाएको बताउदै जतिखेर उनी राती राती नाटक सिक्न र नाटकमा भागलिन जाने गर्दथे त्यही अनुभव र अनुभुतिले आफुलाइ आजसम्म सफल हुन प्रेरणा मिलेको सुनाउदै उनले गौरादहको अमर आधारभुत विद्यालय र ज्ञानज्योती माबिमा अध्ययनरत रहदा आफुलाइ कलकारिता छेत्रमा प्रबेश गर्न प्रेरणा दिने सम्पुर्ण गुरुहरुलाई संझन चाहेको बताए ।

पछिल्लो समयमा उनको सामाजिक सस्था धुर्मुस -सुन्तली फाउन्डेसनको नेपालमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने लक्ष्य अनुरुप हाल चितवन जिल्लामा करिब ३ अर्ब लगानीमा निर्माण हुन लागेको गौतम बुद्ध अन्तर्रास्ट्रिय क्रिकेट रंगशालाको डीपीआर शुभारम्भ गरिसकिएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  २ : २१ बजे