१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्याब्सन गाैरीगंजकाे पुरस्कार वितरण सम्पन्न


६ फाल्गुन २०७५, सोमबार  

0
Shares

IMG_20190217_140914
गौरीगञ्ज ६, फागुन / प्याब्सन गौरीगञ्जको गाउँपालिका स्तरिय विभिन्न विधाका खेल प्रतियोगिताहरू आईतबार सम्पन्न भएको छ ।
गौरीगञ्ज गाउँपालिका भित्र रहेका बिभिन्न निजि तथा आवासीय बिद्यालयहरुमा अध्ययनरत बिद्यार्थीहरु बिच फुटबल, भलिबल टेबल टेनिस क्रिकेट र लामो तथा छोटो दुरीको दौड प्रतियोगिता फागुन ३ गतेबाट शुरू गरिएकाे थियाे।

गौरीगञ्ज गाउँपालिका वार्ड नं ६ खजुरगाछी स्थित क्रीमसन इङ्लिस बाेर्डिङ्ग स्कुलमा विभिन्न खेलमा विजेता प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गरेका विधार्थीहरूलाई पुरस्कार वितरण गरिएकाे थियाे ।

स्मरण प्रतियोगितामा छात्रतर्फ क्रिमसन बाेर्डिङ्ग स्कुलका सचिन यादब प्रथम , ज्ञानकुञ्जका रोशन दास द्वितिय र युनिभर्सलका घनेन्द्र राजवंशी तृतिय भएका छन् भने छात्रातर्फ न्यु युनिभर्सलकी नताशा राजवंशी प्रथम, स्नोह्वाइटकी भुमिका राजवंंशी द्वितिय र क्रिमसनकी सिटी यादव तृतिय भएकी छन् ।

फुटबल प्रतियोगितामा युनिभर्सल प्रथम, न्यु युनिभर्सल द्वितिय र क्रीमसन तथा स्नोह्वाइट स्कुल तृतिय भएका छन् भने क्रिकेट तर्फ युनिभर्सल प्रथम, देबकोटा द्वितिय र न्यु युनिभर्सल तथा क्रिमसन तृतिय भएका छन् ।
भलिबलमा छात्रतर्फ देबकोटा प्रथम, युनिभर्सल द्वितिय र ज्ञानकुञ्ज तृतिय भएका छन् भने छात्रा तर्फ देबकोटा प्रथम , ज्ञानकुञ्ज द्वितिय र युनिभर्सल तृतिय भएका छन् ।
टेबल टेनिस एकल छात्र तर्फ ज्ञानकुञ्ज प्रथम, युनिभर्सल द्वितिय र देबकोटा तृतिय भएका छन् भने युगल छात्र तर्फ ज्ञानकुञ्ज प्रथम , देबकोटा द्वितिय र युनिभर्सल तृतिय भएका छन् ।
त्यसैगरि टेबल टेनिसमा एकल छात्रातर्फ ज्ञानकुञ्ज प्रथम, युनिभर्सल द्वितिय र देबकोटा तृतिय भएका छन् भने युगल छात्रा तर्फ ज्ञानकुञ्ज प्रथम, युनिभर्सल द्वितिय र देबकोटा तृतिय भएका छन् ।
कक्षा १ देखि ५ सम्मको २ सय मिटर दौडमा छात्रतर्फ दीयो का लक्षमण ताजपुरिया प्रथम, स्नोह्वाइटका रुपेश ताजपुरिया द्वितिय र देबकोटाका रुपेश शर्मा तृतिय भएका छन् भने छात्रा तर्फ जीवन ज्योतीकी तुलसा राजवंशी प्रथम, न्यु युनिभर्सलकी दिपिका राजवँशी द्वितिय र दीयोकी रबिना राजवंशी तृतिय भएकी छन्।
पुरस्कृत प्रतियोगिहरुलाइ कप मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएका्त थियाे । प्याब्सन गौरीगञ्जका अध्यक्ष कमल राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य स्नोह्वाइटका प्रिन्सिपल गौपाल राजवंशीले गरेका थिए भने शुभकामना मन्तब्य युनिभर्सल एकेडेमीका प्रीन्सिपल कमलेश्वर राजवंशीले गरेका थिए

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ४ : ३५ बजे