१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रहरीको गोली पत्रकारको मैनालीको खुट्टामा


१ फाल्गुन २०७५, बुधबार  

0
Shares

20190213_172302
बिर्तामोड १, फागुन / प्रहरीले बोकेको सर्टगनको छर्रा लागेर पत्रकार सुनिरा मैनाली घाइते भएकी छिन् ।
गृहमन्त्री रामबहादुर थापा झापा आउदै गर्दा सडक गस्तीमा रहेका प्रहरी जवान लक्ष्मण शेर्पाले बोकेको सर्टगन अचानक पड्किएको थियो ।

लक्ष्मीपुर चोकमा लगभग ३ सय मिटर टाढा रहेकी मैनालीलाई खुट्टामा गोलीको छर्रा लागेको थियो । छर्रा लागेपछि लडेकी मैनालीलाई बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।

शेर्पाले बोकेको सर्टगन सम्वेदनशिल रहेको र अलिक घाममा तात्ने बितिकै पड्किन सक्ने यसको बिशेषता रहेको सुरक्षाश्रोतले जनाएको छ । मैनालीको खुट्टाबाट गोलीको छर्रा निकाल्ने काम भइरहेको अस्पतालले जनाएको छ ।
शेर्पालाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ११ : ३८ बजे