११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

सर्भे गर्न गएका कर्मचारीमाथि कुटपिट गरेका यादव फरार


२६ माघ २०७५, शनिबार  

0
Shares

20190209_141747
गाैरीगंज २६, माघ / गाैरीगंज गाउँपालिकाकाे वार्ड नं ६ देवीगंंज र वार्ड नं ४ बाह्रसुधि बीच गेउरिया खाेलामा झाेलेङ्गे पुल निर्माणका लागि सर्भे गर्न गएका कार्मचारीमाथि कुटपिट भएकाे छ ।
झाेलेङ्गे पुल निर्माणका लागि सर्भे गर्न गएका जङ्ग बहादुर शाहीमाथि विहिबार स्थानिय गयानन्द यादवले कुटपिट गरेकाे वार्ड नं ४ का अध्यक्ष कुल प्रसाद गिरीले बताए । कुटपिट गरेका यादवले सार्वजनिक जग्गाबाट माटाे परिक्षण नगरि आफ्नाे नाममा दर्ता भएकाे जग्गाबाट परिक्षण गरेकाे भन्दै कुटपिट गरेकाे जनाईएकाे छ । वार्ड नं ४ का अध्यक्ष गिरीले ईलाका प्रहरी कार्यालय गाैरीगंजमा उजुरी दिएपछि कुटपिट गर्ने यादव फरार भएका थिए । कुटपिट भएकाे थाहा पाएपछि घटना स्थलमा पुगेका वार्ड नं ४ का अध्यक्ष कुलप्रसाद गिरी र वार्ड नं ६ का अध्यक्ष बद्रीनारायण यादवलाईसमेत कुटपिट गरेका यादवले गालीगलाैज गरेका थिए । उनलाई प्रहरीले खाेजिगरिरहेकाे जनाईएकाे छ । पिडत शाहीसहित चारजना कर्मचारी झाेलेङ्गे पुल निर्माणका लागि माटाे परिक्षण गर्न सखुवा
ईन्जिनियरिङ्ग कन्सलटेन्सिङ्ग ललितपुरबाट खटिएर माटाे परिक्षणका लागि आएका हुन् ।
20190209_161152

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ८ : ३७ बजे