
गाैरीगंज २६, माघ / गाैरीगंज गाउँपालिकाकाे वार्ड नं ६  देवीगंंज र  वार्ड नं  ४ बाह्रसुधि  बीच गेउरिया खाेलामा झाेलेङ्गे पुल निर्माणका लागि सर्भे गर्न गएका कार्मचारीमाथि कुटपिट भएकाे छ ।
 झाेलेङ्गे पुल निर्माणका लागि सर्भे गर्न गएका जङ्ग बहादुर शाहीमाथि विहिबार  स्थानिय गयानन्द यादवले कुटपिट गरेकाे   वार्ड नं ४ का अध्यक्ष कुल प्रसाद गिरीले बताए । कुटपिट गरेका यादवले सार्वजनिक जग्गाबाट माटाे परिक्षण नगरि आफ्नाे  नाममा दर्ता भएकाे जग्गाबाट परिक्षण गरेकाे भन्दै कुटपिट गरेकाे जनाईएकाे छ ।   वार्ड नं ४ का अध्यक्ष गिरीले  ईलाका प्रहरी कार्यालय गाैरीगंजमा उजुरी दिएपछि कुटपिट गर्ने  यादव फरार भएका थिए । कुटपिट भएकाे थाहा पाएपछि घटना स्थलमा पुगेका वार्ड नं ४ का अध्यक्ष कुलप्रसाद गिरी र वार्ड नं ६ का अध्यक्ष बद्रीनारायण यादवलाईसमेत  कुटपिट गरेका यादवले  गालीगलाैज गरेका थिए । उनलाई प्रहरीले खाेजिगरिरहेकाे जनाईएकाे छ । पिडत शाहीसहित चारजना कर्मचारी झाेलेङ्गे पुल निर्माणका लागि माटाे परिक्षण गर्न सखुवा
ईन्जिनियरिङ्ग कन्सलटेन्सिङ्ग  ललितपुरबाट खटिएर माटाे परिक्षणका लागि आएका हुन् ।

२६ माघ २०७५, शनिबार
                                0
                           
Shares
                         
                                

 
                                                            




