१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दमक कांग्रेसमा त्रिपक्षिय प्रतिस्पर्धा



दमक२३, भदौ /
नेपाली कांग्रेसको चौधौ महाधिवेशन अन्तर्गत झापामा वडा तहको अधिवेशन सकिएको छ । अब २७ गते गाउँ नगर अधिवेशन हुदैछ । दमकमा अधिवेशनमा त्रीपक्षीय प्रतिष्पर्धा हुने देखिएको छ । दमकमा सभापतिका ३ जना आकांक्षी देखिएका छन् । अहिलेका सभापति रोशन विष्ट पुन सभापतिको दौडमा छन् भने नगर सदस्य पर्शुराम रिजालको सभापतिमा दाबी छ । यस्तै अहिलेका नगर सचिव प्रकाश प्रसाईँ सभापतिका लागि चुनावी अभियानमा छन् । उनी सिटाैला निकट टिमकाे नेतृत्व गर्छन् । बिगतमा पूर्व महामन्त्री कृष्ण सिटौला निकट विष्ट रामचन्द्र पौडेल समूहको पनि साथ रहने बताउदै मत माग्न थालेको बताए । प्रधानमन्त्री शेरबहादुर देउवा निकट टिमले उम्मेद्वार नै सार्वजानिक गरिसकेको छ । यो टिमले सभापतिमा पर्शुराम रिजाललाई अगाडी सारेको छ । यस्तै अहिलेका सभापति बिष्टले दिपेश दाहाल सहितको टिम तयार पारेका छन् । यसैगरि प्रसाईँले उपसभापतिमा सागर खनाल, सचिवमा नवराज ढकाल सहितको टिम तयार पारेका छन् । यस पटक वडाबाट चयन भएका क्षेत्रीय प्रतिनिधीले मात्रै मतदान गर्न पाउने छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ३ : २८ बजे