१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज गाउँपालिकामा नि:शुल्कमा कृषकलाई मुङ्गदाल र धानकाे बीउ वितरण


२६ माघ २०७५, शनिबार  

0
Shares

20190209_123637

गाैरीगंज २६,माघ / गाैरीगंज गाउँपालिका वार्ड नं ६ लेे कृषकलाई निशुल्कमा मुङ्ग दालकाे बीउ वितरण गरेकाे छ ।
वार्ड नं ६ का १ सय १ जना कृषकलाई २ केजी गरि प्रत्येक कृषकलाई आज बीउ वितरण गरिएकाे हाे ।
वार्ड नं ६ का अध्यक्ष बद्री नारायण यादव, कार्यपालिका सदस्य राधा अधिकारी, कार्यालयका सचिव गाेविन्द राजवंशी लगायतले संयुक्तरूपमा वितरण गरेका थिए ।
गाैरीगंज गाउँपालिकाकाे वार्ड नं १, २ र ३ ले धानकाे बिउ, ४,५ र ६ ले मुङ्ग दालकाे बीउ वितरण गरिएकाे कार्यपालिका सदस्य राधा अधिकारीले बताईन् । उनका अनुसार गाउँपालिकाकाे ३ लाख रूपैयाँकाे बजेटबाट प्रत्येक वार्डलाई बीउ विजन वितरण गरेकाे छ ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ७ : ४१ बजे