४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

गाैरीगंजकाे एक विधालयमा बम फेला


२३ माघ २०७५, बुधबार  

0
Shares

20190206_150408

गाैरीगंज २३, माघ / गाैरीगंज गाउँपालिका वार्ड नं १ कुञ्जिवारी स्थित युनिभर्सल वाेर्डिङ्ग स्कुलमा आज दिउसाे बम फेला परेकाे छ ।
करिब विहान १२ बजेे स्थानिय गणेश राजवंशी र वसन्त राजवंशीले बाँस काट्न जाने क्रममा स्कुलकाे दिवालकाे ५ फुट उत्तरपट्टी बम भएकाे शंका लागेपछि प्रहरीलाई खबर गरेका थिए । बम संगै विधालयकाे गेटमा २ पाना भएकाे पत्र समेत फेला परेकाे छ । पत्र कसले दिएकाे हाे भने खुलाईएकाे छैन भने चेतावनी पुर्वक १० लाख रूपैयाँ चन्दा माग गरिएकाे स्राेतले जनाएकाे छ ।
घटना स्थललाई घेरा हाली प्रहरीले बम डिस्पाेज गर्नेे तयारी गरिरहेकाे जनाएकाे छ ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ९ : २२ बजे