२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025

झापाकाे चन्द्रगढीमा कांग्रेसकाे प्रदर्शन, सिडियाेलाई ज्ञापनपत्र


२२ माघ २०७५, मंगलबार  

0
Shares

20190205_105100

गाैरीगंज २२, माघ / सरकारका गतिविधिहरूप्रति तिब्र असन्तुष्टि जनाउदै प्रमुद प्रतिपक्ष दल नेपाली कांग्रेसले साेमबार देशभर जिल्ला सदरमुकाम केन्द्रित प्रदर्शन गरेकाे छ । कांग्रेसका केन्द्रीय नेताहरूकाे प्रमुख उपस्थितिमा जिल्ला सदरमुकामहरूमा प्रदर्शन र विराेध सभा गर्दैै सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू मार्फत प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र पठाएकाे हाे ।साे क्रममा झापाकाे सदरमुकाम चन्द्रगढीमा कांग्रेस नेतृ एवम राष्ट्रिय सभा सदस्य सरिता प्रसाईकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।
पार्टीका जिल्ला सभापति उद्वव थापाकाे सभापतित्वमा भएकाे विराेध सभापछि कांग्रेस नेता कार्यकर्ताहरूकाे समुहले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएकाे थियाे ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ६ : १० बजे