१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज गाउँपालिकाकाे तेस्रो गाउँसभा शुरू, पहिलाे बैठकबाट प्रशासकिय कार्यविधि नियमित गर्ने ऐन पारित


२० माघ २०७५, आइतबार  

0
Shares

20190203_124547
गाैरीगंज २०, माघ/ गाैरीगंज गाउँपालिकाकाे तेस्राे गाउँ सभा आजदेेेखि शुरू भएकाे छ ।
गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले तेस्रो गाउँसभाकाे व्यानर पढेर औपचारिक उद्वघाटन गरेका थिए । गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले स्वागत गरेकाे कार्यक्रमकाे समापन अध्यक्ष श्रेष्ठले गरेकाे केही समयपछि बन्दसत्र शुरू भएकाे थियाे ।
गाउँसभाकाे आज बसेकाे बैठकले स्थानिय तहकाे प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७५ सर्वसम्मत पारित गरेकाे छ । यस ऐन अन्तर्गत संविधान, ऐन तथा यस ऐन अन्तर्गत बनेकाे नियमावलीकाे अधिनमा रही गाैरीगंज गाउँपालिकाले आवश्यकता अनुसार निर्देशिका,कार्यविधि र मापदण्ड बनाई लागू गर्न सक्नेछ ।
यसरी ऐन बनाउदा संघिय तथा प्रदेश कानुन बमाेजिम स्थानिय तहकाे क्षेत्राधिकार भित्र पर्ने विषयमा मात्र बनाउनुु पर्ने छ ।

गाउँसभामा पेश गरि छलफलमार्फत विभिन्न ऐन तथा कानुन निर्माण गर्न कार्यसूचि समेेेत तयार गरिएकाे छ ।
कार्यसूचिमा परेका विभिन्न ऐन तथा कानुनका नमुना मस्याैदा कपि प्रत्येक वडाका अध्यक्षलाई अध्ययनका लागि उपलब्ध गराएकाे छ ।
गाैरीगंज गाउँपालिकाकाे विपद् जाेखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७५, गाैरीगंज गाउँपालिकाकाे सहकारी ऐन २०७५, गाैरीगंज गाउँपालिकाकाे न्यायिक समिति कार्यविधि सम्बन्धि ऐन २०७५, गाैरीगंज गाउँपालिकाकाे स्थानिय स्वास्थ्य तथा सरसफाई ऐन २०७५, गाैरीगंज गाउँपालिकाकाे स्थानिय शिक्षा ऐन २०७५ र गाैरीगंज गाउँपालिकाकाे पुर्वाधार विकास सम्बन्धि ऐन २०७५ निर्माण गर्न प्रत्येक वडालाई छाया कपि उपलब्ध गराएकाे हाे ।
स्थानिय तहकाे प्रशासकिय कार्यविधि नियमित गर्ने ऐन २०७५ पारित पछि गाउँपालिकाका प्रत्येक सदस्यबाट राय सुझाव लिने कार्यसके पछि गाउँसभा स्थगित गरिएकाे थियाे । आगामी २५ गते देखि शुरूहुने गाउँसभाबाट बाकी ऐन तथा कानुनहरू छलफलकाे माध्यमबाट पारित गर्ने तयारी गरिएकाे गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए ।

त्यसैगरी गाउँसभाबाट ६ वटा कार्यविधिहरू स्विकृत गर्ने तयारी गरेकाे छ ।
माघ ११ गते बसेकाे कार्यपालिकाकाे बैठकले निर्णय गरी ती कार्यविधिहरू सर्वसम्मत स्विकृत गर्न प्रत्येेेक वडा कार्यालयका वडा अध्यक्षलाई छलफलका लागि मस्यौदा कपि उपलब्ध गराएकाे छ ।
कार्यपालिकाकाे बैठककाे प्रस्ताव नं ११ काे कार्यविधि निर्माण सम्बन्धमा भएकाे छलफलबाट स्थानीय राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि,अपांंगता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि,उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि ,घ वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी कार्यविधि,सामुदायिक विकास कोष (स्थापना र संचालन) कार्यविधि, बालअधिकार संरक्षण तथा सम्वर्धन कार्यविधिलगायत रहेका छन् ।
गाउँसभामा पुस महिनासम्मकाे बजेट खर्च, आम्दानी र भएगरेका कार्यहरूकाे लेखाजाेखा गरिने जनाईएकाे छ । गाउँपालिकाकाे तेस्रो गाउँसभा ताेकिएकाे समय भन्दा ढिलाे शुरू भएकाे थियाे भने अधिल्ला गाउँसभा जस्ताे औपचारित कार्यक्रममा अतिथि तथा पार्टी प्रतिनिधिलाई बाेलाईएकाे थिएन ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  २ : ५६ बजे