१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

नेविसंघकाे गाैरीगंजमा विराेध र्याली, प्रहरीकाे हस्तक्षेपपछि केहीबेर स्थिति तनाबपुर्ण


१७ माघ २०७५, बिहिबार  

0
Shares

20190131_130024

गाैरीगंज १७, माघ/ नेपाल विधार्थी संघ गाैरीगंजले सरकारकाे विराेधमा निकालेकाे जुलुसमा प्रहरीले हस्तक्षेप गरेकाे छ ।
संघले आज विहान गाैरीगंज बहुमुखी क्याम्पसबाट निकालेकाे जुलुस गाैरीगंज चाैक हुँदै खजुरगाछी बजार परिक्रमा गरि पुन गाैरीगंज चाैकमा सरकार विरूद्व नारावाजी गर्दै प्रधानमन्त्री केपी ओलीकाे पुत्ला जलाउने क्रममा प्रहरीले हस्तक्षेप गरेकाे हाे ।
प्रहरीकाे लाठीबाट ४ जना विधार्थी सामान्य घाइतेसमेत भएका छन् । घाईतेहरूमा गाैरीगंज बुहुमुखी क्याम्पस नेविसंघ सभापति कृष्ण दास बाबजी, भाेला राजवंशी, इस्ताप हुसेन, गुञ्जन काेईरालालगायत विधार्थीहरू रहेकाे जिल्ला सदस्य देव ताजपुरियाले बताए ।

प्रधानमन्त्री केपी ओलीकाेे पुत्ला जलाउन खाेज्दा विधार्थी र प्रहरी विच केही बेर स्थिति तनाबपुर्ण भएकाे थियाे ।

विधार्थीहरूले निर्मला पन्तकाे हत्यारालाई फाँसी दे, डा केसीकाे जीवन रक्षा गर, केपी ओली सरकार मुर्दावाद, शान्ति सुरक्षा कायम गर, ओली सरकारकाे उपहार हत्या हिंसा बलात्कार
जस्ता चर्का नारावाजीसहित बजार परिक्रमा गरेका थिए ।

गाैरीगंज चाैकमा प्रधानमन्त्रीको पुत्ला जलाउन खाेज्दा प्रहरीले पुत्ला खाेसेपछी बिद्यार्थीहरुले अर्को पुत्ला बनाएका थिए । छात्राहरुले सो पुत्ला जलाउन लाग्दा प्रहरीले पुन हस्तक्षेप गरि अर्को पुत्ला पनि खोसेका थिए । पुत्ला खाेसा खाेस गर्ने क्रममा केहि बेर बिद्यार्थी र प्रहरी बिच घम्साघम्सी भएको थियो । त्यसपछी महिला माथी पुरुष प्रहरीहरुले हातपात गरेको भनि बिद्यार्थीहरुले प्रहरी बिरुद्ध चर्का नारा लगाएका थिए ।

विधार्थीहरूले त्यसपछि बीच चाैकमा घेेेरा हालेर नेविसंघ सभापति कृष्ण दास बाबाजी, पुर्व विधार्थी इन्चार्ज गुञ्जन काेईरालाले सरकार विरूद्व बाेलेका थिए ।

प्रकाशित मिति : १७ माघ २०७५, बिहिबार  ७ : ३१ बजे