४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

काेच आदिवासी फिल्म ‘ विदेशि हावा’ प्रदर्शन हुदैै


१५ माघ २०७५, मंगलबार  

0
Shares

Screenshot_20190121-174738
पुकार चन्द्र राजवंशी
गाैरीगंज १५, माघ / माजाल दलकाे प्राेडक्सनमा निर्माण भएकाे काेच आदिवासी फिल्म ‘विदेशि हावा’ प्रदर्शन हुने भएकाे छ ।
झापाकाे विर्तामोड स्थित अतिथि सदनमा शनिवार प्रदर्शन हुन लागेकाे उत्त फिल्ममा विदेश गएका युवाहरूकाे पत्निहरूले स्वदेशमा पतिकाे कमाईबाट माेज मस्ति गर्ने,घरमा रहेका सासससुराकाे कुरा नसुनि मनपरि गर्दा भाेग्ने दुःखकाे विषयलाई सरल तरिकाबाट प्रस्तुत गरिएकाे फिल्मका निर्माता लाेक प्रसाद राजवंशीले बताए ।
प्रसिद्व हास्यव्यङ्ग्य कलाकार प्रताप राजवंशीकाे वेजाेड प्रस्तुति रहेकाे साे फिल्ममा दुःखान्त, हास्यव्यङ्गय र मनाेरजनात्मक सामाजिक फिल्म भएकाे जनाईएकाे छ ।
युवाहरू विदेश गएर कमाएकाे पैसा पत्निले सहि सदुपयाेग नगरि फर्माएसमा खर्च गर्ने, सासससुराकाे कुरा नमान्ने जस्ताे बुहारीहरूकाे क्रियाकलापले समाज नै कुसंस्कारमा फसेकाे र सामाजिक विकृतिकाे रूपमा फस्टाउदै गएकाे फिल्ममा देखाउन खाेजिएकाे छ ।

लाेक प्रसाद राजवंशीकाे निर्देशनमा निर्माण भएकाे फिल्मकाे सह निर्माता कृष्ण र चम्पा राजवंशी छन् । राजकुमार राजवंशीकाे द्वन्द्व, गंगा राजवंशीकाे गीत, सन्देश सहनीकाे क्यामेरा रहेकाे छ । फिल्ममा अभय, प्रविण, हिमा, कृष्णमाया,साजेश, राजन, खगेन्द्र, नारायण राजवंशी रहेका छन् । हेम राजवंशीकाे काेरियाेग्राफी रहेकाे फिल्ममा बलराम राजवंशी, रीता राजवंशी र प्रितम सेर्पाले स्वर दिएका छन् । ३ घण्टा भरपुर मनाेरञ्जन लिन सकिनेे याे फिल्म सत्य घटनामा आधारित सामाजिक एवं पारिवारिक फिल्म रहेकाे जनाईएकाे छ ।

प्रकाशित मिति : १५ माघ २०७५, मंगलबार  १० : ५९ बजे