६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

झापाका दुई स्थानमा आगलागी, साढे ११ लाख बराबरको क्षति


१३ माघ २०७५, आइतबार  

0
Shares

20190127_105853

गाैरीगंज १३, माघ / झापाको दुई स्थानमा भएको आगलागीबाट ११ लाख बढीकाे क्षति भएको छ । शनिवार साँझ झापाको कन्काई नगरपालिका-४ बस्ने लङक बहादुर खड्काको फुसको छानो, टाटी बेरा लगाएको १ तले घरमा आगलागी हुँदा अन्दाजी २ लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ । आगलागीबाट खड्काको घरमा रहेको अन्नपात, लत्ताकपडा, १४ वटा कुखुरा जलेर नष्ट भएको हो । उक्त आगलागी इलाका प्रहरी कर्यालय सुरुङगा र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिईएको प्रहरीले जनाएकाे छ ।

त्यसैगरी झापाकै गौरादह नगरपालिका-बैगुनधारा-९ बस्ने टेक बहादुर खनालको ग्वाली घरमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा अन्दाजी ९ लाख मूल्य बराबरको क्षति भएको छ । आज बिहान भएको आगलागीबाट खनालको काठले बनेको टिनको छानो भएको १ तले ग्वाली घर, ७५ मन धान, ५० मन मकै, २ मन तोरी, ४ वटा चौपाया, फर्निचरको सामान र भाडाबर्तन जलेर नष्ट भएको हाे । उक्त आगलागी दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : १३ माघ २०७५, आइतबार  ५ : १४ बजे