१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गेउरिया खाेलामा नयाँ पुल बन्ने


२३ पुस २०७५, सोमबार  

0
Shares

20190107_143600

गाैरीगंज २३, गाैरीगंज गाउँपालिकाकाे वडा नंं. ३ र ६ काे बिच भएर बग्ने गेउरिया खाेलामा नयाँ पक्की पुल बन्नेे भएकाे छ । ८ कराेड लागतमा डिभिजन सडक कार्यालयकाेे सहयाेगबाट ५० मिटर लम्बाई र ७ मिटर चाैडाईकाेे पुल निर्माण हुन लागेकाे हाे । पुल बन्ने भए संगै स्थानियबासीहरू हर्षित भएका छन् । २ वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेकाे साे पुल बनेपछि ज्ञानाेदय मा.वि. हुँदै खजुरगाछी सम्म आवतजावत गर्न सहज हुने भएकाे छ । पुल निर्माणकाे याेजना गत वर्ष नै निश्चत भएकाे र एस विए के एम जेभी कन्ट्रक्सनलाई निर्माणकाे जिम्मा दिईएकाे वडा नं. ३ वडाध्यक्ष मखना महताेले बताए । गत वर्ष स-साना पुल कल्वर्ट धेरै निर्माण भए अब ठुला ठुला पुल सडक निर्माणमा विशेष ध्यान दिईने लक्ष्य रहेकाे गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए ।

प्रकाशित मिति : २३ पुस २०७५, सोमबार  ८ : ५१ बजे