१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजका जोगेन टुडुको घरमा आगलागी, सुतेकै ठाउँमा श्रीमतीकाे मृत्यु, धनकुटामा १७ लाखकाे क्षती


२२ पुस २०७५, आइतबार  

0
Shares

aago-430x288-1

गाैरीगंज २२, पुस / झापाको गौरीगंज गाउपालिका-२ हेमनाडाँगी स्थित जोगेन टुडुको घरमा आगलागी हुँदा उनकी श्रीमतीको जलेर मृत्यु भएको छ । शनिबार राती मादक पदार्थ सेवन गरेर आफ्नै घरको बरण्डामा सुतिरहेको अवस्थामा नजिकै बलेको मट्टितेलबाट बल्ने बत्तीबाट आगो सल्कीएर ओछ्यानमा आगोलागी भएकाे थियाे । अागलागीबाट ४५ बर्षिय सुनिता टुडुको सुतेकै स्थानमा मृत्यु भएको हाे । घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय गौरीगंजबाट घटनास्थलतर्फ प्रहरीको टोलि खटिगई आवश्यक अनुसन्धान पश्चात शवलाई परिक्षणको लागि आम्दा अस्पताल दमक पठाईएको प्रहरीले जनाएकोछ ।

धनकुटा आगलागीबाट लाखौको क्षति
धनकुटाको सागुरीगडी गाउपालिका-३ स्थित पुर्ण बहादुर युवाङ लिम्बुले पालेको बोइलर कुखुराको फर्ममा आगोलागी भएको छ । आज दिउँसो खोरमा चल्लालाई तातो बनाउनलाई बालेको आगोबाट आगलागी हुँदा कुखुराको चल्ला ८ सय १६ वटा, कुखुराको फर्म , ढुंङ्गा माटो र काठले बनेको टिनको छानो भएको १ तल्ले घर तथा घर भित्र रहेको सामान समेत जलेर नष्ट भएकाे छ । आगलागीबाट १७ लाख बराबरको क्षति भएको छ । आगलागी प्रहरी चौकी मुलघाटबाट खटिएको नेपाल प्रहरीको टाेली, शसस्त्र प्रहरी र स्थानीयको सहयोगमा दिउँसो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०७५, आइतबार  १ : ५५ बजे