१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरादहमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न


२१ पुस २०७५, शनिबार  

0
Shares

105dc0bc39eb870b45d6c6c4518319d8.0

गाैरादह २१, पुस / गौरादह नगरपालिका नगर स्वास्थ्य शाखाको आयोजनामा सन्चालन गरिएको एक दिने नि:शुल्क नाक, कान, घाँटी (ENT)सम्बन्धी स्वास्थ्य परिक्षण शिवर सम्पन्न भएको छ ।
वडा न ७ को कार्यालय परिसरमा सन्चालित शिविरमा २१६ जनाले आफ्नो स्वास्थ्य परिक्षण गराएका थिए ।
नि: सुल्क सन्चालन गरिएको उक्त स्वास्थ्य शिबिरमा श्रबण शक्ति परिक्षण गर्ने अडियोमिटर सेवा पनि उपलब्ध गराइएको थियो ।
नगर स्वास्थ्य शाखा र नगर प्रमुख रोहित कुमार साहको विशेष पहलमा बि. पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान घरानको प्राबिधिक सहयोगमा ७ जनाको बिसेसज्ञ टोलि सहित नगर र वडाका कर्मचारी सहयोगीहरु सिबिर सन्चालनार्थ खटिएको नगर स्वास्थ्य साखा गौरादह प्रमुख सि. अ. हे. ब . गोबिन्द श्रेस्ठले जानकारी दिएका छन ।
शिबिरमा सामान्य समस्या भएका बिरामीहरुलाइ नि:सुल्क औषधि समेत बितरण गरिनुका साथै विशेष उपचार आवस्यक भएकाहरुका थप उपचारका लागि अस्पताल रेफर गरिएको छ ।
शिबिरको औपचारिक उद्घाटन र अध्यक्षता सामाजिक बिकास समिती सम्योजक मणेन्द्र कार्कीले गरेका थिए साथै कार्यक्रममा नगर प्रमुख रोहित कुमार साह , उप-प्रमुख गिता भेट्वाल , वडा अध्यक्ष बलराम खरेल ,लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २१ पुस २०७५, शनिबार  २ : ०९ बजे