४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

रनधोज नेम्वाङ्गको १०१ औ जन्मजयन्तिमा विभिन्न कार्यक्रम


२० पुस २०७५, शुक्रबार  

0
Shares

f32b404cdad91b43f2b573091ee98207.0

पाँचथर २०, पुस /   किरात ज्योतिषविद रनधोज नेम्वाङ्गको विहिबार १०१ औ जन्मजयन्ति विभिन्न कार्यक्रमहरु गरि मनाईएको छ । जन्म जयन्तिका अवसर पारेर पाँचथरको फाल्गुनन्द गाँउपालिका वडा नम्बर २ इम्बुङ्गस्थित सत्यहाङ्गमा माध्यमिक विद्यालयमा विभिन्न कार्यक्रम गरि उनको सम्झना गरिएको छ ।

त्यहाँ आयोजित कार्यक्रममा वक्ताहरुले किरात ज्योतिषविद नेम्बाङ्गले पुरयाँएको सामाजिक योगदानका बारेमा स्मरण गरेका थिए । त्यस्तै, त्यहाँ स्थापित ज्योतिषविद नेम्बाङ्गको अर्धकद स्मारकमा समेत माल्यर्पण गरिएको थियो ।
नेम्वाङ्ग कल्याण समाजका केन्द्रीय अध्यक्ष भिमप्रसाद नेम्बाङ्गको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न रोचक खेलहरु समेत सञ्चालन गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि विद्यालयका भवन निर्माणका दाता समेत रहेका अध्यक्ष नेम्बाङ्गले किरात ज्योतिषविद नेम्बाङ्ग किरात समुदायका सामाजिक तथा सांस्कृतिक अभियानका क्षेत्रमा विशिष्ट योगदान पुरयाँँएको औल्याएका थिए ।
सत्यहाङमा माध्यमिक विद्यालय व्यवस्थापन समितिले आयोजना गरेको उक्त कार्यक्रममा विद्यालयका शिक्षक, जनप्रतिनिधि, विद्यार्थी र विभिन्न सामाजिक संघसंस्थाका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २० पुस २०७५, शुक्रबार  ६ : ३६ बजे