१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राप्रपाले ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ गर्ने


१८ पुस २०७५, बुधबार  

0
Shares

20190102_181106

काठमाडौं १८, पुस / राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी माघ १० देखि २५ गतेसम्म ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ गर्ने भएको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

राष्ट्रिय सार्वभौमिकता र पहिचान संकटमा पर्दै गएको भन्दै राप्रपाले राष्ट्रिय स्वाभिमान यात्रा गर्न लागेको जनाएको छ ।

बैठकमा पार्टी अध्यक्ष कमल थापाले देशको समसामयिक राजनीतिक विश्लेषणसहितको प्रतिवेदन प्रस्तुत् गरेका थिए ।

राप्रपाले आगामी फागुन ७ गतेदेखि हिन्दुराष्ट्र पुनःस्थापनाका लागि भन्दै आन्दोलन गर्ने घोषणा यसअघि नै गरिसकेको छ ।

प्रकाशित मिति : १८ पुस २०७५, बुधबार  १२ : २६ बजे