१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज गाउँपालिकाले ४० महिला स्वयंसेविकालाई साईकल वितरण गर्याे


१६ पुस २०७५, सोमबार  

0
Shares

20181231_145215
गाैरीगंज १६, पुस / गाैरीगंज गाउँपालिकाले आज ४० जना स्वास्थ महिला स्वयंसेविकालाई साईकल वितरण गरेकाे छ ।
गाउँपालिकाका ६ वटै वडाका महिला स्वयंसेविकालाई स्वास्थ्य सेवा छिटाे छरिताे पुर्याउन सकाेस भन्ने उधेश्यले साईकल वितरण गरिएकाे हाे ।
गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले महिला स्वयंसेवकीलाई साईकल वितरण गर्दै गर्भवति महिला तथा बालबालिकाहरूलाई
पुर्याउने सेवा टाेल टाेलमा समयमै पुर्याउन साईकलले सहयाेग पुर्याउने बताए । यस अघि महिला स्वयंसेविकाहरू हिडेर घरघरमा सेवा पुर्याएकाेमा धन्यवाद दिदै अध्यक्ष श्रेष्ठले साईकल वितरणले महिला स्वयंसेविकालाई थप उर्जा दिने बताए ।
गाउँपालिकाले भ्याट बाहेक ६ हजार १ सयका दरले खरिद गरेकाे जनाएकाे छ । महिला स्वयंसेविकाहरूले गर्भवती महिलाहरूलाई आईरन चक्की, बालबालिकाहरूलाई खुवाईने भिटामिन र लगाईने खाेप सेवा दिदै आएका छन् । महिला स्वयंसेवीकाहरूले हाल ३ सय रूपैयाँ महिनाका दरले भत्ता स्वरूप लिएर सेवा दिईराखेका छन् ।
कार्यक्रममा गाउँपालिकाका प्रशासकिय अधिकृत राजकुमार शाक्य, वडा नं ४ का अध्यक्ष कुलप्रसाद गिरी, स्वास्थ्य शाखा प्रमुख विकास पाैडेललगायतकाे उपस्थिति थियाे ।

प्रकाशित मिति : १६ पुस २०७५, सोमबार  ११ : ४५ बजे