४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

टेकबहादुरकाे टेली चलचित्र ‘ठाकुर बिषहरी’ भाेलीदेखि रिलिज हुने


१६ पुस २०७५, सोमबार  

0
Shares

FB_IMG_1546253438016

गौरीगंंज १६, पुस / कचनकवल गाउँपालिकाका कोच भाषी युवाहरुको सकृयतामा निर्मित कोच भाषी टेली चलचित्र ‘ठाकुर बिषहरी’ भाेलीदेखि प्रदर्शनमा आउने भएको छ । फर्स्ट जनबरीको अबसर पारेर युट्युव मार्फत रिलिज हुन लागेको हाे । चलचित्रमा काेच समाजमा पक्कीका घरहरु बन्न थालेपनि कुल देवताहरुलाई माटोका घरमै राख्ने गरेको विषयबस्तुमा केन्द्रीत उत्त काेच चलचित्रमा परम्परागत सरसफाइ समेत मासिदै गएको कुरा देखाउन खोजिएको कुरा निर्देशक टेक बहादुर राजवंशीले बताए । दारा राजवंशीको निर्माण र टेकबहादर राजवंशीको लेखन निर्देशनमा बन्न लागेको सो चलचित्रमा टेकबहादुर , दारा, गौतम, गायत्री , रतन , तारा , प्रकाशलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

बिष्णु राजवंशीको क्यामेरा र दिपेस ताजपुरियाको सम्पादन रहेको उत्त चलचित्रमा सह निर्देशन हंस राजवंशीले र सह सम्पादन हृदय राजवंशीले गरेका छन् ।

प्रकाशित मिति : १६ पुस २०७५, सोमबार  १० : ५८ बजे