१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

हिउदे अधिवेसनमा प्रदेश नं १ ले नाम र राजधानी पाउनेे


१५ पुस २०७५, आइतबार  

0
Shares

20181230_214742
खादबारी१५, पुस /
प्रदेश नं १ का आन्तरिक तथा कानुन मन्त्री हिक्मत कार्कीले हिउँदे अधिवेशनमा प्रदेशले नाम र राजधानी पाउने बताएका छन् । प्रदेशकाे हिउदे अधिवेशन माघकाे दाेस्राे या तेस्राे सातामा प्रदेशकाे हिउदे अधिवेसन आव्हान हुने भन्दै मन्त्री कार्कीले प्रदेशले नाम र राजधानी पाउन अब धेरै कुर्नु नपर्ने दावी गरे ।

मन्त्री कार्कीले प्रदेशको नाम र राजधानीको विषयमा पाटीमा आन्तरिक छलफल सुरु भएको बताए । उनले प्रतिपक्षमा रहेका सहित अन्य दलसँग पनि छलफल गरेर टुंगोमा पुग्ने बताए । सबै दलको सहमतिमा प्रदेशको नाम र राजधानी टुंगो लाग्छ, सहमति नभए बहुमतले सबैको साझा र छोटो नाम राख्छौँ, उनले भने, राजधानीको विषय अलि गम्भिर बनेको छ । तर मुलुकको राष्ट्रियता र दिर्घकालीन हितलाई हेरेर सहमति अनुसार राजधानी तय गछौँ ।

सहिद स्मृति प्रतिष्ठानको भवन उद्घाटनको क्रममा सदरमुकाम खाँदबारी आइपुगेका मन्त्री कार्कीले आइतबार पत्रकारसँगको भेटघाटमा संघीय कानुनको अभावका कारण प्रदेश १ को हिउँदे अधिवेशन प्रभावित भएको बताए ।

प्रदेश १ सरकारले तीन प्रकृतिका २४ कानुन निमार्ण गरिसकेको छ, उनले भने, हामीले दैनिक कार्यसञ्चालन सम्बन्धि कानुन, स्थानीय तहले दैनिक गतिविधि सञ्चालन गर्ने कानुन र केहि संरचनागत विकासका लागि कानुन बनाएका छौँ, अब नियमावली र निर्देशिका बन्नेछ ।

संघीय सरकारले करिब ३ हजार ७ सय कर्मचारी प्रदेशको लागि खटाए पनि प्रदेशमा भने करिब २ हजार कर्मचारी मात्रै हाजिर भएको बताए । आएका सबै कर्मचारीपनि प्रदेशमा बसेर काम गर्ने मनस्थितिमा नभएको टिप्पणी गरे । दक्ष कर्मचारी नहुँदा प्रदेश सरकारलाई असहज भएको पनि उनले बताए । यो समस्याले आफुहरु आक्रान्त बनेको पनि उनले बताए ।
इकान्तिपुरबाट

प्रकाशित मिति : १५ पुस २०७५, आइतबार  ४ : ०४ बजे