१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आजदेखि प्रदेशबाटै श्रम स्वीकृती लिन पाइने, काठमाडौं आउनुपर्ने झन्झटको अन्त्य


१५ पुस २०७५, आइतबार  

0
Shares

काठमाडौं १५,पुस /
वैदेशिक रोजगारीमा जानेले पुनः श्रम स्वीकृतिका लागि आजदेखि काठमाडौं आउनु नपर्ने भएको छ।

आइतबारदेखि सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि प्रदेशबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था गरेको हो।

पहिलो चरणमा प्रदेश २ को श्रम तथा रोजगार कार्यालय जनकपुर र प्रदेश ५ को बुटवलबाट श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण सेवा प्रदान गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

केही सयमपछि नै विराटनगर, धनगढी र सुर्खेतबाट समेत सेवा सुरु गर्ने सरकाको तयारी छ ।

प्रदेशबाटै पुनः श्रम स्वीकृती पाइने भएपछि सेवाग्राहीलाई सहज हुने भएको छ। अब सेवाग्राहीले श्रम स्वीकृतिका लागि काठमाडौंको ताहाचालस्थित श्रम कार्यालयमा धाइरहनु पर्ने छैन।

प्रदेश कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालिम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमनको काम हुने मन्त्रालयका सचिव महेशप्रसाद दाहालले जानकारी दिए।

प्रकाशित मिति : १५ पुस २०७५, आइतबार  ६ : ०३ बजे