१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

विश्वविद्यालय स्थापना गर्न सम्भाव्यता अध्ययन शुरु


१३ पुस २०७५, शुक्रबार  

0
Shares

विर्तामोड १३, पुस / प्रदेश नं १ मा विश्वविद्यालय स्थापना गर्न झापाबाट सम्भाव्यता अध्ययन शुरु गरिएको छ । प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले विश्वविद्यालय स्थापना गर्न गठन गरेको सम्भाव्यता अध्ययन कार्यदलले बिहीबारदेखि झापाबाट अध्ययन शुरु गरेको हो ।

कार्यदलले बिहीबार झापाको विर्तामोडमा अन्तक्र्रियाको आयोजना गरी यहाँका विभिन्न राजनीतिक दलका नेतृत्व, सांसद, पूर्वमन्त्री, स्थानीय तहका जनप्रतिनिधि, प्राध्यापक, विद्यार्थी सङ्गठन तथा स्ववियूको प्रतिनिधित्वमा दृष्टिकोण सङ्कलन गरेको छ ।
कार्यदलका संयोजक प्रा डा महेशराज दाहालले विश्वविद्यालय स्थापना गर्न सरोकारवाला पक्षसँग परामर्श गरी सुझाव सङ्कलन गरिने बताए । “प्राप्त सुझावका आधारमा विश्वविद्यालय स्थापनाको काम अघि बढाइनेछ”, उहाँले भने “ झापाबाट अध्ययन शुरु गरेका छौँ, अन्य जिल्लामा पनि छलफल गरिनेछ ।” कार्यदल सदस्य उमानाथ ओलीले हाल सञ्चालनमा रहेका विश्वविद्यालय, तिनका आङ्गिक वा सम्बन्धनप्राप्त कलेजको अध्ययन अध्यापनको शैलीमा रुपान्तरण गर्न आवश्यक रहेको महसुस गरेर नयाँ खुल्ने विश्वविद्यालयको समग्र विषय वस्तुबारे जानकारी लिइने बताए ।
छलफलमा सहभागीबाट विश्वविद्यालयको आवश्यकता, उपयुक्त मापदण्ड र ढाँचा, विश्वविद्यालय रहने स्थान, सङ्गठनात्मकस्वरुप, सङ्काय, अध्ययन संस्थान एवं वित्तीय पक्षका बारेमा सुझाव मागिएको थियोे । प्रदेश नं १ मा ९० वटा आङ्गिक क्याम्पस रहेकाे जनाईएकाे छ ।

प्रकाशित मिति : १३ पुस २०७५, शुक्रबार  ३ : ३० बजे