१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

साना किसान सहकारी गाैरीगंजकाे नयाँहाट कदमगाछीमा सेवा केन्द्र स्थापना


१३ पुस २०७५, शुक्रबार  

0
Shares

गा‌ैरीगंज १३, पुस / गाैरीगंज साना किसान कृषि सहकारीले आफ्नाे सेवालाई विस्तार गर्दै गाैरीगंज गाउँपालिका वार्ड नं ४ नयाँहाट कदमकाछीमा आज सेवाकेन्द्र ( सम्पर्क कार्यालय )काे विधिपुर्वक उद्वधाटन गरेकाे छ ।
गाैरीगंज गाउँपालिकाका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि दिपिन्द्र थापाले उत्त सेवाकेन्द्रकाे विधिपुर्वक उद्वघाटन गरेका हुन् । उद्वघाटन गर्दै प्रमुख अतिथि थापाले ग्रामीण क्षेत्रमा साना किसानकाे सेवाकेन्द्रकाे स्थापनाले कृषक वर्गमा उत्साह थपिएकाे भन्दै घरैवाट सहकारीकाे सेवा लिन सकिने बताए । सहकारी क्षेत्रमा गाैरीगंज साना किसान सहकारी संस्थाले खेलेकाे भुमिका र याेगदान सह्रानिय रहेकाेेले यसबाट कृषकहरूले लाभ लिन आग्रह गरेका थिए ।
गाैरीगंज गाउँपालिका वार्ड नं ४ का वडा अध्यक्ष कुल प्रसाद गिरीले यस क्षेत्रमा सहकारीकाे सेवा केन्द्र स्थापनाले कृषकहरूलाई सहयाेग पुग्ने बताउदै यसकाे लागि सहकारीलाई सक्दाे सहयाेग गर्ने प्रतिवद्वता जाहेर गरेका थिए ।
कार्यक्रममा सहकारीका प्रबन्धक डम्बर बहादुर बस्नेतले सेवाकेन्द्र खाेेेल्नुकाे उधेश्य र सेवाकेन्द्रले प्रवाह गर्ने सेवाकाेबारेमा प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रममा सहकारीका शिक्षा समिति सदस्य मनिका राई, लेखा समिती संयाेजक हिमा देवी चापागाईं, सल्लाहकार संयाेजक ज्ञानबहादुर कार्कीलगायतले बाेलेका थिए ।
कार्यक्रममा सहभागी कृषक सदस्यहरूलाई अभिमुखीकरण तालिम समेत दिईएकाे थियाे ।
संस्थाका अध्यक्ष सुमित्रा बुढाथोकीकाे सभापतित्वमा भएकाे कार्यक्रमकाे स्वागत संस्थाका उपाध्यक्ष कृष्ण ताजपुरियाले स्वागत गरेकाे थियाे भने सञ्चालन सञ्चालक समिति सदस्य रिता निराैलाले गरेकी थिइन ।

प्रकाशित मिति : १३ पुस २०७५, शुक्रबार  ३ : ११ बजे