५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नेविस झापाकाे सभापतिमा उप्रेती चयन, गाैरीगँजका ताजपुरिया जिल्ला सदस्यमा निर्वाचित


१३ पुस २०७५, शुक्रबार  

0
Shares

20181228_140645

गाैरीगंज १३, पुस / नेपाल विद्यार्थी संघ झापा जिल्ला सभापतिमा राजेन्द्र उप्रेती चयन भएका छन् । १२ औं जिल्ला अधिवेसनले उप्रेतीलाई सभापतिमा चयन गरेको हो ।

बिहीबार सम्पन्न भएको निर्वाचनबाट सभापतिका अर्का प्रत्यासी इश्वरी न्यौपानेलाई पराजित गर्दै उप्रेती जिल्ला सभापतिमा निर्वाचन भएको जनाईएकाे छ ।
दिएकाे जानकारी अनुसार आज(शुक्रबार) बिहान ३ बजे मतगणना सम्पन्न भएको हो ।

यस्तै संघको सचिवमा नरायण नेपाल निर्वाचित भएका छन् । नेपालले दमक क्याम्पस स्ववियू सभापति विनोद चापागाईंलाई पराजित गरेका हुन् । त्यस्तै समिता सिटौलालाई पराजित गर्दै नवराज ढकाल संघको कोषाध्यक्षमा निर्वाचित भएका छन् ।

२२ जना सदस्यहरुमा मिलन चापागाईं , वसन्त ढकाल , भुपेन्द्र सिंह थेवे , भवानी काफ्ले , पारस तिम्सीना , गौरीजंग क्षेत्री , विकास बस्नेत , देव ताजपुरिया , अजय आले मगर निर्वाचित भएका छन् ।

प्रकाशित मिति : १३ पुस २०७५, शुक्रबार  ८ : २२ बजे