१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

काँकरभिट्टामा आगलागी: २२ घर भए खरानी,फुसका घरहरु भएकाले आगो छिट्टो फैलियाे


१३ पुस २०७५, शुक्रबार  

0
Shares

20181228_091251

काकरभिट्टा १३, पुस / झापा मेचीनगर–६ काँकरभिट्टास्थित साठीविघामा बिहीबार राति भएको आगलागीमा २२ वटा घर जलेर खरानी भएका छन् । राति करिब साढे ८ बजेदेखि लागेको एक घण्टाभित्र नियन्त्रणमा आएको भएपनि २२ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएको र दुईवटामा सामान्य क्षति पुगेको इलाका प्रहरी कार्यालय काँक्रभिट्टाले जनाएको छ ।

मेची नगरपालिका, बिर्तामोड, चन्द्रगढीको दमकल, सुरक्षाकर्मी तथा स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । ग्यास सिलिन्डर पड्किँदा आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन्। अगालागीबाट मानवीय क्षति भएको छैन। उक्त क्षेत्र काकरभिट्टा बजारको बधशाला क्षेत्र पर्छ। फुसका घरहरु भएकाले आगो छिट्टो फैलिएको बताइएको छ।

प्रकाशित मिति : १३ पुस २०७५, शुक्रबार  ३ : २९ बजे