१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज गाउँपालिकाकाे उपभोक्ता समितिलाई अभिमुखिकरण तालिम


१० पुस २०७५, मंगलबार  

0
Shares

20181225_154750
गौरीगंज १०,पुस/ गौरीगंज गाउँपालिकाले प्रत्येक वडाका उपभोत्ता समितीका पदाधिकारीहरुलाई अभिमुखिकरण तालिम संचालन गर्दै आएको छ । गौरीगंज गाउँपालिकाले तालिम संचालन गर्ने क्रममा मंगलबार वडा नं ४ का उपभोत्ता समितीका पदाधिकारीहरुलाई तालिम दिएको हो ।यस अघि गाउँपालिकाको वडा नं १,२,५ र ६ मा तालिम संचालन गरिएको थियो । गाउँपालिकाको मापदण्ड भित्र रहि विनियोजित बजेटलाई पारदर्शीढंगबाट विकास निर्माणको काममा लगाउन तालिम संचालन गरिएको गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए । गौरीगंज गाउँपालिका वडा नं ४ का अध्यक्ष कुल प्रसाद गिरीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ,उपाध्यक्ष दीपिन्द्र थापा,प्रशासकिय अधिकृत राज कुमार शाक्य ,लेखा अधिकृत हेम प्रकाश नेम्वाङ्ग,इन्जिनियर सविन कुमार क्षेत्री र योजना प्रमुख नायारण प्रसाद चंदरा लगायतले कार्यक्रमको सहजिकरण गरेका थिए । तालिममा उपभोत्ता समितीका अध्यक्ष,सचिव,र कोषाध्याक्ष सहित १०० जनाको सहभागी रहेकाे थिए । सहभागीहरुलाई तालिममा योजना संचालन ,फरफराक र प्राविधिक विषयमा जानकारी गराइएको थियो ।

प्रकाशित मिति : १० पुस २०७५, मंगलबार  १० : ०५ बजे