११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

७ वर्षमा पनि बनेन कन्काई पुल, रतुवा पुलकाे अवस्था नि उस्तै


१० पुस २०७५, मंगलबार  

0
Shares

20181225_115201

गाैरीगंज १०, पुस / निर्माण कम्पनी र सडक विभाग अन्तर्गतकाे हुलाकी राजमार्ग निर्देशनालयबीचकाे सम्झाैता अनुसार दुई वर्ष भित्र अघिनै झापा र गाैरीगंज गाउँपालिकाबीचमा कन्काई पुल निर्माण सम्पन्न भईसक्नु पर्थ्याे । हुलाकी राजमार्ग अन्तर्गत यस क्षेत्रमा कन्काईसंगै अरू खाेलामा पनि पुुल निर्माण थालिएकाे थियाे । पुल निर्माण हुने खबरले उत्साहित बनेका स्थानीयबासी अहिले निराश जस्तै छन् ।
पुल बन्ने याेजनासंगै यहाँकाे विकासमा जागेकाे ठुलाे आशा निराशामा परिणत हुने खतरा बढेकाे छ । स्थानियले पुल बनाउनका लागि सम्बन्धि निर्माण कम्पनीलाई दिईएकाे ठेक्का रद्व गरेर भएपनि नयाँ निर्माण कम्पनीलाई जिम्मा दिन पनि सुझाव राखेका छन् ।
‘पुल निर्माण शुरू हुदा हामीमा जुन उत्साह थियाे त्याे अहिले कायम रहन सकेकाे छैन’ – पुल निर्माणस्थल नजिकै पर्ने गाैरीगंज १ चाैरीका स्थानीयवासी तथा वडा सदस्य टंक श्रेष्ठ भन्छन् ।
दुई वर्ष अघि निर्माण सम्पन्न गर्ने गरि विवादित पप्पु कन्स्ट्रक्सन
र महादेव जेभीले पुल बनाउने ठेक्का पारेका थिए ।
तर पुल निर्माणकाे जिम्मा भने पप्पुले लिएकाे थियाे । विभागले निर्माणमा ढिलासुस्ती गरेकाे भन्दै पप्पु कन्स्ट्रक्सनलाई भने कालाे सुचीमा राखेकाे जनाएको छ ।
३४ कराेड ९ लाख २ हजार ४ सय ६८ रूपैयाँ लागतमा ०७३ जेठ ३० गते सम्ममा निर्माण गर्नुपर्ने गरि २०६८ जेठ ३१ गते पुल बनाउने दुईपक्षिय सम्झाैता भएकाे थियाे ।ठेक्का सम्झाैता अनुसार पुल निर्माण नभएपछि ०७२ मा म्याद थपिएकाे थियाे । तर, थपिएकाे समयमा पनि निर्माण नसिकएकाे हाे । ७ सय २५ मिटर लामाे पुलमा हालसम्म ४५ प्रतिशत मात्रै काम भएकाे हुलाकी सडक आयाेजनाले जनाएकाे छ ।
आयाेजनाले ३५ प्रतिशत अर्थात १२ कराेड रकममात्र पप्पुकाे खातामा जम्मा गरेकाे छ । तर सम्झाैता भएकाे समयभन्दा धेरै ढिला काम भएकाे भन्दै आयाेजनाले बैंकबाट पैसा फिर्ता लिने प्रक्रिया अघि बढाएकाे जनाईएकाे छ ।
उता रतुवा खाेलाकाे पुलकाे कथा पनि उस्तै छ । ठेक्कादारकाे ढिलासुस्तीले कैयौं वर्ष देखि पुल निर्माण अलपत्र छ ।

प्रकाशित मिति : १० पुस २०७५, मंगलबार  २ : ३१ बजे