१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

तल्लाे रामचन्द्रे सिंचाइकाे शिलान्यासमा आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीले भने ः ‘कृषककाे जिवनस्तर परिवर्तन हुन्छ’


८ पुस २०७५, आइतबार  

0
Shares

20181224_140733
गाैरीगंज ९ , पुस / झापाकाे गाैरीगंज गाउँपालिका वार्ड नं ५ र ६ मा निर्माण हुन लागेकाे तल्लाे रामचन्द्रे सिचांईकाे आज शिलान्यास भएकाे छ ।
प्रदेश नं१ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले उत्त सिचाईकाे शिलान्यास गरेका हुन ।
आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीले रामचन्द्रे सिचाईकाे निर्माणले यस भेगका किसानहरूलाई राहत मिल्ने बताए । नहरबाट करिब ७ सय विघा भन्दा बढी जग्गा सिंचित हुने भएकाे हुदा अब किसानहरूकाे जिवनस्तरमा परिवर्तन गर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मन्त्री कार्कीले गाैरीगंजमा भन्सार नाका बन्ने विषयमा छिमेकी देश भारतसंग संघिय सरकारले अर्थ मन्त्रालयमार्फत २ वर्ष भित्रमा सम्झाैता गर्ने गरि गृहकार्य भईरहेकाे बताए ।
निर्वाचनताका गरेका प्रतिवद्वताहरू प्रति स्मरण गराउदै मन्त्री कार्कीले भने – ‘यस आर्थिक वर्षमा घाटा वजेटमा मुलुक गुज्रिराखेकाे कारण वृद्वाहरूकाे भत्ता बढाउन नसकेकाे हाे ।’ उनले थपे – ‘अब ढुक्क हुनुहाेस अर्काे आर्थिक वर्षदेखि जेष्ठहरूकाे भत्ता वृद्धि हुन्छ ।’

गाैरीगंज गाउँपालिकाकाे वार्ड नं ५ र ६ का कृषकहरूले प्रत्यक्ष लाभान्वित हुने नहरमा १७ सय मिटर लम्बाई मुुुुख्य क्यानल रहने र २ हजार देखि २२ सय मिटर सम्म शाखा क्यानल निर्माण हुने जनाईएकाे छ । मझाैला सिंचाई अायाेजना कार्यक्रम अन्तर्गत निर्माण हुन लागेकाे नहरकाे निर्माण कार्य २ वर्ष ६ महिना भित्र सक्नु पर्ने सम्झाैता छ । कार्यक्रममा झापा क्षेत्र नं ४, १ का प्रदेश सांसद झलकसिंह दर्लामीले नहर निर्माणले यस भेगका कृषकहरूकाे उब्जाउ बढाई आयआर्जनमा वृद्धि गराउने बताए । यस क्षेत्रका कृषकहरूकाे जिवनस्तर परिवर्तन गराउन याे नहरले ठुलाे भुमिका खेल्ने भएकाेले स्थानिय जनप्रतिनिधि र स्थानिय जनताहरू पनि नहर निर्माणमा सक्रिय भएर लाग्नु पर्ने सांसद दर्लामीले बताए ।

गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले यस भेगमा नहर निर्माण हुनु भनेकाे यस भेगका कृषकका लागि बरदान सावित भएकाे बताए । नहर निर्माणले यस भेगका कृषककाे खेतकाे उब्जाउ बढाई बढी अाम्दानी दिने अध्यक्ष श्रेष्ठले बताए । नहर निर्माण कार्यलाई कहि कसैबाट अवराेध नगरी सबैले मिलेर सहयाेग गर्नुपर्ने अध्यक्ष श्रेष्ठले अाग्रह गरे । नहर निर्माण कार्य अघि बढाउन उपभोक्ता समितिलाई सम्झाैताका लागि बजेट विनियोजन गरि गाउँपालिकाले सहयाेग गरेकाे उनले स्मरण गराए ।

तल्लाे रामचन्द्रे सिंचाइ उपभाेत्ता समितिका अध्यक्ष मानबहादुर राजवंशीकाे अध्यक्षता भएकाे कार्यक्रममा नहरबाट करिब ५ सय देखि ७ सय हेक्टर जमिन सिंचित हुने जलस्रोत तथा सिंचाई विकास डिभिजन झापाका प्रमुख कृष्णप्रसाद राजवंशीले बताए ।

नहर निर्माणका लागि साविक उर्जा तथा जलस्रोत मन्त्रालय हालकाे प्रदेश नं १ भाैतिक पुर्वाधार विकास मन्त्रालयले भ्याटसहित ८ कराेड ७९ लाख रूपैयाँमा नयाँ बाटाे शिवाकाे सताक्षी जेभीलाई ठेक्का दिएकाे जलस्रोत तथा सिंचाई विकास डिभिजन झापाका प्रमुख राजवंशीले जानकारी दिए ।
नहरकाे मुख्य क्यानल ४.२ किलाेमिटर र शाखा क्यानल २ बटा ४.५ किलोमिटर हुने जनाईएकाे छ ।

20181224_140221

प्रकाशित मिति : ८ पुस २०७५, आइतबार  १ : ०४ बजे