१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्यारालाईसिस पिडित माझीलाई मुस्लिम संघ गाैरीगंजबाट आर्थिक सहयाेग


८ पुस २०७५, आइतबार  

0
Shares

20181223_131515

गाैरीगंज ८, पुस / झापा गाैरीगंज गाउँपालिका वार्ड नं ६ आठमाैजा बस्ने देववती माझी विगत ४ महिनादेखि प्यारालाइसिस ( लकुवा) राेगबाट पिडित छिन्।
उनकाे घरकाे आर्थिक अवस्था अत्यन्तै कमजाेर भएकाेले राेगकाे उपचार गर्न सकेकी छैनन् ।
प्यारालाईसिस राेगबाट पिडित ३० वर्षिया माझीकाे १५ महिनाकी एक छाेरी र ३ बर्षिय एक छाेरा छन् । उनकी श्रीमान् जाेगिन माझी १ वर्षदेखि वेपता भएकाेले बुबा भुल्टुङ्ग माझीकाे शरणमा छिन । बुबा भुल्टुङ्ग माझी ठेला गाडी चलाएर जिविका चलाउदै छन् ।
उनकी आमा सानैमा निधन भएकाेले छाेराछाेरीलाई हेरचार गर्न अत्यन्तै दुःख भएकाे पिडित माझीले बताइन । उनी प्यालाईसिस राेगले पिडित भएकाे थाहा पाएपछि उपचारका लागि आज नेपाल मुस्लिम नागरिक संघ गाैरीगंजले नगद ५ हजार १ सय रूपैया आर्थिक सहयाेग प्रदान गरेकाे छ ।
संघका अध्यक्ष नसिराेधिन, उपाध्यक्ष माे आसामुदिन, काेषाध्यक्ष माे मुस्लिम, सदस्य माे मजेबुललगायतकाे टाेलीले
पिडितकै घर पुगी उत्त सहयाेग प्रदान गरेेेेका थिए । संघका अध्यक्ष नसिराेधिनले थाेरै भए उपचार खर्चमा सहयाेग पुगाेस भन्ने उधेश्यले हामीले आर्थिक सहयाेग गरेकाे बताए । सहयाेग गरेकाेले संघलाई धन्यवाद दिदै पिडितकी बुबा भुल्टुङ्ग माझीले छाेरीकाेे उपचारका लागि खर्च रकम नभएकाेले आर्थिक सहयाेग गर्न आम जनसमुदायलाई अपिल गरेका छन् ।

प्रकाशित मिति : ८ पुस २०७५, आइतबार  १० : १२ बजे