१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलन विराटनगरमा शुरु, २ सय बढी सहभागी


५ पुस २०७५, बिहिबार  

0
Shares

20181220_151421

विराटनगर ५, पुस /
नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलन बिराटनगरमा शुरु भएको छ । ७५ जिल्लाका जिल्ला अध्यक्ष तथा एशोसियट, प्रतिष्ठान तथा प्रदेश समितिका अध्यक्षहरु सम्मेलनमा सहभागि छन् । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले उ्दघाटन गरेको सम्मेलनको संयोजन पत्रकार महासंघ प्रदेश १ समितिले गरेको हो ।
सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले नेपाली समाज नकारात्मक भावनाबाट प्ररित रहेकोले त्यस्ता प्रबृतीलाई कसरी बदल्ने भन्ने कुरालाई सम्मेलनले बिशेष भुमिका र योगदान गर्ने विस्वास ब्यक्त गरे । आफु पुर्ण प्रेस मैत्री बन्ने प्रयास गरेको बताएका मुख्यमन्त्री राईले प्रदेश सरकारको पहिलो निती कार्यक्रम र बजेट बक्तब्य जारी गर्दादेखि नै प्रेस मैत्री भएर काम गरेको स्पष्ट पारे । एक नम्बर प्रदेशले प्रेस प्रति गरेको सकारात्मक प्रभाव अन्य प्रदेशमा पनि देखिएकोले अप्रत्यक्ष रुपमा दवाव ६ वटै प्रदेशलाई सिर्जना गरेको दावी मुख्यमन्त्री राईको छ । कतिपय मिडियाहरु ब्यक्तिगत बिषयलाई ईश्यु बनाएर लागेको प्रति भने उनले असन्तुष्टी जनाएका छन् ।
प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले संघीय सरकारको बचाउ गरेका छन् । प्रधानमन्त्री केपी ओली प्रेस मैत्री भएनन् भनेर भएका टिकाटिप्पणी प्रति उनले बचाउ गर्दै प्रधानमन्त्री ओली १४ बर्ष जेल बसेर आएको ब्यक्ति भएकोले प्रेसमा अंकुश लगाउँछन् भन्ने बिषयमा डर नमान्न आग्रह गरे । उनले प्रदेश १ सरकारले पत्रकारले आलोचना नगर्ने गरी काम गर्ने दाबी गर्दै नराम्रा काम प्रमाण सहित आलोचना गर्न सुझाए । कतिपय स–साना कुरामा पनि पत्रकारले कोकोहोलो मच्चाएको उनले आरोप लगाए ।
पत्रकारका संगठनको जुहारी
पत्रकार संगठनका नेताहरु भने पार्टीको पक्षमा वकालत गरेका छन् । प्रेस चौतारीको तर्फबाट गणेश बस्नेत र प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल दुबैले आफ्नो पक्षीय दाबी गरेका थिए । बस्नेतले पत्रकार महासंघ पदाधिकारीको आलोचना गरेका छन् । केही ब्यक्तिका कारण सरकार अप्ठेरोमा पार्ने खेल भएको भन्दै नेपाल पत्रकार महासंघ राजनीति आग्रह र पुर्वाग्रहमा प्रेरित भएको आरोप लगाए । महासंघलाइ विवाद भन्दा माथि रहेर काम गर्न उनले आग्रह गरे । विवादमा पर्ने काम गरे संगठनले प्रतिवाद गर्नु पर्ने अबस्था आउने भन्दै त्यस्तो अबस्था आउन नदिन आग्रह गरे । पत्रकारको हक हितमा काम गर्नुपर्नेमा अहिलेसम्म त्यस्तो नगरेको उनको आलोचना छ ।
युनियनका अध्यक्ष सिग्देलले सरकाले नियन्त्रणमुखी अभियान चाल्दै गएको आरोप लगाए । फौज्दारी संहितामा टेकेर पत्रकारलाई जेल हाल्ने काम गरेको उनको भनाई छ । आस्था र विचारको आधारमा पत्रकारलाई वाईपास गरेर निकट संचरगृहबाट निकालिएको समेत उनले आरोप लगाए ।

प्रकाशित मिति : ५ पुस २०७५, बिहिबार  ९ : ३१ बजे