६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम : रातिबाट वर्षा जारी , चिसो ह्वात्तै बढ्यो


३ पुस २०७५, मंगलबार  

0
Shares

20181218_113828

गाैरीगंज ३, पुष / झापालगायत पुर्वका जिल्लाहरूमा हिजो रातिबाट वर्षा भइरहेको छ । सोमबारबाट जाडो ह्वातै बढेको छ ।

बंगालको खाडीमा विकसित भएको सामुद्रिक चक्रवातका कारण नेपालमा यसको प्रभाव देखिएको छ । देशैभर चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसको प्रभावले रातिदेखि नै मध्ये र पूर्वी भागमा वर्षा भएको मौसमविद समीर श्रेष्ठले जानकारी दिए ।

उनले सोमबार यसवर्षकै चिसो दिन मापन गरिएको बताए । बिराटनगरको न्यूनतम १२.५ डिग्री सेल्सियस , काठमाडौंमा न्यूनतम २.४ डिग्री सेल्सियस कायम गरिएको थियो भने जुम्लामा माइनस ६ डिग्रीसम्म पुगेको जानकारी दिए ।

भारतमा आएको सामूद्रिक चक्रवात फेथाईले नेपालमा पनि असर गरेको हो,” उनले भने,“आज बेलुकीदेखि यो क्रम कम हुँदै जानेछ । तर आकाशको बादल हटेपछि आजको भन्दा चिसो हुन सक्ने अनुमान छ ।”

प्रकाशित मिति : ३ पुस २०७५, मंगलबार  ५ : ५४ बजे