१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

७ बर्षे बालकलाई अपहरण गरी १५ लाख फिरौती माग्ने यिनै थिए हेर्नुहोस तस्वीर सहित


२७ मंसिर २०७५, बिहिबार  

0
Shares

20181213_111959
गाैरीगंज्ज २७, मंसिर / भारतको सुपोलस्थित किशोरपुर थाना वडा नं. २ बाट अपहरित एक बालकको जिल्ला प्रहरी कार्यालय झापाले सकुशल उद्दार गर्न सफल भएको छ ।
७ वर्षीय बालक महफुज आलम गत मंसिर गते २० गते हराएका थिए । तर, नेपालमा बन्धक बनाएर राखिएको सूचना पाएको २४ घन्टा वित्न नपाउँदै झापा प्रहरीले बालकको सकुशल उद्धार गर्न सफल भएको हो ।

20181213_112109

घटनामा संलग्न ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख प्रहरी एसपी भीम ढकालले आवर विराटनगरलाई जानकारी दिनुभयो । साथै प्रहरीले सात वर्षीय बालकलाई अपहरण गरी रकम मागेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ समेत गरेको उहाले बताउनुभयो ।

20181213_112213

पक्राउ पर्नेमा गौरीगञ्ज–६ का बद्री यादव, गौरीगञ्ज–४ का श्रीप्रसाद मल्हा र उनकी श्रीमती अञ्जु मुखिया रहेको एसपी ढकालले बताउनुभयो ।
भारत बिहारको सुपौल जिल्ला किसनपुराका मोहम्मद सदामका छोरा सात वर्षीय मैफुज आलमलाई अपहरण गरी दमकको एक होटलमा राखेको अवस्थामा प्रहरीले फेला पारेको हो ।
20181213_112054

अपहरणकारीले अपहरणपछि बालकको परिवारसँग रु १५ लाख फिरौती मागेका थिए । रकम तिर्न नसकेपछि आलमको परिवारले भारतीय प्रहरीको सहयोगमा इलाका प्रहरी कार्यालय गौरीगञ्जलाई खबर गरेका थियो ।
20181213_112024

इलाका प्रहरी कार्यालय गौरीगञ्जको पहलमा नेपाल प्रहरीको टोलीले आलमलाई दमकको एउटा होटलबाट उद्धार गरी परिवारको जिम्मा लगाईसकेको प्रहरी प्रमुख ढकालले जानकारी दिनुभयो । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखी अनुसन्धान थालिएको झापा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७५, बिहिबार  ५ : ४१ बजे