१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

लैङ्गिग हिंसा सम्बन्धि सचेतना कार्यक्रम गाैरीगंजमा


२० मंसिर २०७५, बिहिबार  

0
Shares

20181206_151820

गाैरीगंज २०, मंसिर / राष्ट्रिय महिना सशक्तीकरण गाैरीगंजले अाज एक दिने लैङ्गिक हिंंसा सम्बन्धि सचेतना कार्यक्रमकाे अायाेजना गरेकाे छ ।
गाैरीगंज गाउँपालिकाकाेे सभाहलमा लैङ्गिग अन्त्यका लागि १६ दिने अभियान अन्तर्गत राष्ट्रिय महिला सशक्तीकरणले कार्यक्रमकाे अायाेजना गरेकाे हाेे ।
लैङ्गिक हिंसा दुर्व्यावहार, छैन हामीलाई स्विकार भन्ने नारा सहित अायाेजित कार्यक्रमकाे प्रमुख अतिथि गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ थिए ।
प्रमुख अतिथि श्रेष्ठले लैङ्गिक हिंसा बढि महिलाहरूमा भएकाे हुदा यसलाई अन्त्यका लागि पुरूष र महिला दुबैकाे भुमिका उतिकै महत्त्वपूर्ण भएकाे बताउनुभयाे । अध्यक्ष श्रेष्ठले लिङ्गकाे अाधारमा हत्या दिनानुदिन बढ्दै गएकाेले महिला दिदीबहिनीहरू यसमा सचेत हुनु पर्ने बताउनुभयाे । महिला दिदीबहिनीहरूकाे क्षमता विकास, सिमान्तकृत महिलाहरूकाे राजनीतिमा पहुचताकाे लागि गाैरीगंज गाउँपालिकाले ४ लाख २५ हजार रूपैयाँ बजेट विनियाेजन गरिएकाे जानकारी दिनुभयाे ।

गाैरीगंज गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले समाजमा महिला र पुरूष भनेकाेे दुई पाटाका एक सिक्का र दुई पाङ्ग्राका एक गाडा भएकाेले लैङ्गिग हिंसा अन्त्य लागि महिला पुरूषकाे उतिकै बराबर भुमिका रहेकाे उल्लेख गर्नुभयाे । कार्यक्रममा ईलाका प्रशासन कार्यालय गाैरीगंजका प्रमुख चुडाराज भट्टराई, वार्ड नं ५ का अध्यक्ष विजय सिंह गन्गाई, संस्थाकि सल्लाहकार बसन्त लक्ष्मी उदास, नेपाल राष्ट्रिय महिला सशक्तीकरण गाैरादहकी अध्यक्ष भरिपुर्ण राई, अाठमाैजा बचत तथा ऋण सहकारी संस्था खजुरगाछीका अध्यक्ष अर्जुन दंगाल लगायतले लैङ्गिक हिंसा अन्त्यका सबै एकजुट भएर लाग्नु पर्ने बताएका थिए ।
कार्यक्रमकाे क्रममा लैङ्गिक हिंसा सम्बन्धि नाटक प्रस्तुत गरिएकाे थियाे । नाटकमा मंगली किस्कु र तिला मुर्मूले नाटक प्रहसन गरेका थिए । राष्ट्रिय महिला सशक्तीकरण गाैरीगंजकअं अध्यक्ष फुलबती राजवंशीकाे अध्यक्षमा भएकाे कार्यक्रमकाे स्वागत नाैताली राजवंशीले गरेकी थिइन भने संचालन पुस्पा राजवंशीले गरेकी थिइन ।
ईलाका प्रहरी कार्यालय गाैरीगंजमा अार्थिक वर्ष ०७४ / ७५ मा ४ वटा जवरजस्ती करणीकाे मुधा दर्ता भएकाे थियाे भने अार्थिक वर्ष ०७५ / ७६ काे साउनदेखि हालसम्म ४ वटा बाल याैन दुर्व्यवहार,२ वटा बलात्कार मुधा दर्ता भएकाे इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकेन्द्र पाैडेलले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : २० मंसिर २०७५, बिहिबार  ९ : ३४ बजे