१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रदेश नम्बर १ मा टिपरलाई लिएर आयो यस्तो नयाँ नियम


१९ मंसिर २०७५, बुधबार  

0
Shares

tiper

विराटनगर१९, मङ्सिर /
प्रदेश नम्बर १ मा टिपरलाई लिएर नयाँ नियम आउने भएको छ । प्रदेश नम्बर १ का १४ जिल्लामा पिक आवरमा टिपर गुड्न बन्देज लगाइने भएको छ । टिपरका कारण दुर्घटनाको जोखिम बढेपछि राजमार्ग तथा सहायक राजमार्गमा दुर्घटनाको जोखिम बढाउनका साथै ट्राफिक व्यवस्थापनमा असर गरेपछि पुस १ गतेबाट दैनिक ४ घण्टा टिपरलाई प्रतिवन्ध लगाउने भएको हो ।

‘प्रदेश १ का १४ वटै जिल्लामा नियम लागू हुने छ,’ प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरी प्रमुख प्रहरी उपरीक्षक रवि पौडेलले भने, ‘तत्काललाई मुख्य राजमार्ग र सहायक राजमार्गमा टिपरलाई रोक लगाइएको हो ।’ पुस १ गतेबाट विहान ९ देखि ११ र बेलुका ३ बजेदेखि ५ बजे सम्म टिपर आवागमन रोक लगाइने छ । रोक लगाइएको समयमा टिपर चलाए कारवाहीको दाहेरामा ल्याउने प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए ।

प्रदेश ट्राफिक कार्यालय इटहरीका प्रमुख एसपी पौडेलले दुर्घटनाको समयलाई अध्ययन गर्दा धेरै दुर्घटना अफिस आवरमै हुने भएकाले निश्चित समयका लागी टिपर बन्द गरिएको जानकारी दिए। ‘प्रदेश १ का सबै जिल्ला सुरक्षा समितिहरुमा निर्णय भैसकेको छ,’ उनले भने, ‘ट्राफिक प्रहरीले निर्णय कार्यन्यन गर्ने हो ।’

प्रकाशित मिति : १९ मंसिर २०७५, बुधबार  ९ : ५२ बजे