५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान शुरु, प्रहरीले निकाल्याे चाैधै जिल्लामा र्‍याली


९ मंसिर २०७५, आइतबार  

0
Shares

police
विराटनगर ९ , मंसिर / २६ औ लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत आज १ नम्बर प्रदेशका १४ वटै जिल्ला प्रहरी कार्यालयहरुले सचेतनामूलक र्‍याली निकालेको छ । जिल्ला स्थित सरकारी तथा गैह्र-सरकारी कार्यालय तथा स्थानीयकाे सहभागीतामा, बिभिन्न स्कुलका शिक्षक, बिद्यार्थी, अभिभावक तथा प्रहरी कर्मचारीहरुको उपस्थितीमा कार्यक्रमको आयोजना गरिएको हाे । महिला हिंसा तथा लैङगिक हिंसा, ”लैङिक हिंसा दुर्ब्यवहार छैन हामी लाई स्वीकार” र “लैङ्गिक हिंसा र बलात्कार छैन हामीलाई स्वीकार” लेखिएको प्लेकार्ड सहित बजार परिक्रमा गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, नगर प्रमुख तथा उप-प्रमुखको आतिथ्यतामा सम्पन्न भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएकाे छ ।

प्रकाशित मिति : ९ मंसिर २०७५, आइतबार  ११ : ५३ बजे